इन्डियन लिगमा सावित्राको सनसनी कायमै, सेमिफाइनलमा पनि गरिन् ह्याट्रिक

Advertisement

इन्डियन लिगमा सावित्राको सनसनी कायमै, सेमिफाइनलमा पनि गरिन् ह्याट्रिक

कठमाडौ : भारतमा जारी हिरो वुमन्स आई लिग फुटबलमा सेथु फुटबल क्लब उपाधि नजिक पुगेको छ । नेपाली राष्ट्रिय फुटबल टिमका दुई खेलाडी सम्मिलित सेथु सोमबार भएको दोस्रो सेमिफाइलनमा फराकिलो जित निकाल्दै फाइनलमा पुगेको हो ।

सेथुले एसएसबी सेन्ट्रल वुमन्स फुटबल क्लबविरुद्ध ८–१ गोल अन्तरको फराकिला जित दर्ता गर्यो । जसमा, नेपाली फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । सावित्राले ४१, ५९ र ६५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै ९० औं मिनेटमा एक गोल थप्दै उनले चार गोल पूरा गरिन् ।

यससँगै सावित्राले भारतीय लिगमा १४ गोल पुर्याइन् । यसअघि उनले दुई ह्याट्रिक समेत गरेकी थिइन् उनले यसअघि कोल्हापुर सिटी र मणिपुर पुलिस स्पोर्टिङ एकेडेमीविरुद्ध ह्याटिङक गरेकी थिइन् ।उक्त खेलमा डाग्मी ग्रेसले ह्याट्रिक गर्दा रतनबला देवीले एक गोल गरिन् । अब बुधबार हुने फाइनलमा सेथुले मनिपुर पुलिससँग खेल्नेछ । यसअघि समूह ‘बी’ मा रहेको सेथु समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

Facebook Comments