logo
  • Thursday, November 21, 2019
  • वि.सं ५ मंसिर २०७६, बिहीबार

कथा – “ॠणमा दशैं”

विवेक श्रेष्ठ वि.सं १४ आश्विन २०७६, मंगलवार १३:०९
Blog single photo

‘दशैं आयो
खाना पिउला
कहाँ बाट ल्याउला
चोरी ल्याउला
हट पापी म त छुट्टै बसौला ।’
भन्दै घरको आगनमा खेल्दै गरेको छोरोले ‘बा दशैमा मासु खाने होइन ?’ भन्दै प्रश्न गरे पछि म अतालिए । ए ! हो त ! दशै पो आइसक्यो । छोरोले मासु खाने कुरा गर्दै छ तर घरमा खानको लागि चमालको गेडो सुद्द छैन । अरु बेला ढेडो र रोटि नै खाए पनि दशैमा त चामलकै भात खान आतिएका हुन्छ्न केटाकेटी पनि । छोरोलाई अङगालो मार्दै “त चिन्त्ता नगर छोरो यसपाली दशैंमा मासु भात नै खाइन्छ ।”

बिचार ! छोरोलाई के थाहा बुवालाई यसपालीको दशैं कसरी टार्ने भन्ने चिन्त्ता कति छ भनेर , उ त बच्चै छ , पल्ला घरे काइलोले ल्याएको खसी देखेर बा! लाई पटक पटक सोध्छ , ” बा ! हामिले नि खासी किन्ने होइन ?”

छोरोलाई सम्झाउदै भन्छु ! “छोरा खासी बोका काट्नु हुदैन पाप पो लाग्छ त ! बरु मासु ल्याम्ला अनि खाम्ला नि ।”

यति भन्दै उ पिडिमा बसेर टाउकामा हात राख्छ , त्यति बेला उसकी श्रीमती पधेरो बाट गाग्रीमा पानी लिएर आउछे , बुढिलाई देख्न साथ “दशैंका लागि खर्च कहाँ बाट ल्याउने हो ? छोरोले त आजै बाट मासु खाम भन्न थाली सको ।”

पानीको गाग्री लाई कम्मर बाट तल भुईमा राख्दै खिस्सक मुस्कुराउदै भनी “बजार बाट एक केजि सोयाबिन लिएर आउ, त्यसैलाई मासु सम्झिदै खाम्ला नि बुढा।”

बुढिको खिस्सक परेको मुस्कान र उसको त्यस्तो कुरा सुनेर अभावमा भरिएको जीवन पनि सुख संग बितेको महसुस गर्छु , उसको यहि आदत मन पर्छ मलाइ दुखमा पनि खिस्सक मुस्कुराउछे अनि सजिलै दुख भूलिदिन्छे ।

त्यसो नगरौ होला बुढी बर्ष दिनको चाडपर्व हो बरु म एउटा कुखुरो किनेर लिएर आउछु , मैले पनि मासु खाने इच्छा जताए ।
भुइँमा राखेको गाग्री उचाल्दै कम्मरमा राखेर उसले भनी ” पैसाको नाउमा जम्मा पाँच सय रुपैयाँ छ टीका, दक्षिण, चमाल, धुप सबै गर्नु पर्छ । बरु जुन दिन कमाउला त्यही दिन खाम्ला बूढो” भन्दै उ भित्र पस्छे ।

हुन पनि हो उसले भनेको कुरा ठिकै छ । जम्मा पाँच सय छ कुखुरामा खर्च गर्दा सबै सकिन्छ एक सुको बच्दैन । फेरि मासु बिन दशै पनि कसरी टार्ने ?

आफु बसेको पिडि बाट उठछु र भित्र बुढी बसेको छेउमा गएर बस्छु र भन्छु “उधारो ल्याम्ला, महिना दिनका लागि कसो नदेला पसलले साइलोले !” मैले अलि हिम्मत दिए बुढिलाई ।
जहिले उधारो र ऋण भने पछि निकै डराउथी बुढी ।

हातको इसारा गर्दै भनी ” पर्दैन ! पर्दैन ! हामी गरिवलाई यो दशैं दशा जस्तै हो । परेको छैन उधारो मासु खान , फेरि त्यो पसले साइलोले घर घेरन आउला । बरु जे छ जस्तो छ त्यसैमा खुसी भइ दशै मनाम्ला ।”

हुन पनि हो त्यो पसले साइलो निकै खतरा र कडा थियो । उधारो दिन पनि नडराउने र उधारो उठान नि नडाराउने, भाका पुगे पछि घरमै पुगिहाल्ने उधारो उठाउन र पैसा नदिए समान नै उठाइ दिने ।

” बा ! बा ! शान्तेको घरमा त आजै बाट मासु खाने रे नि, हामिले चाहिँ कहिले देखि खाने हो ?” भन्दै छारो कुदेर हामी बसेकामा आइपुग्यो । उसको बालापन दिमागमा दशैमा मासु खानु पर्छ भन्ने कुरा मात्रै घुमेको थियो भने… उता बुढि सोयबिनलाई मासु ठानेर खाने सोच्दै थिई यी बाध्यतामा मैले केही सोच्न नसक्ने भए पछि एक छिन मन डुलाउन चौतारा तर्फ निस्के ।

त्यहा पनि बस्न सक्ने अवस्था थिएन । सबैका ठुला ठुला कुरा मात्रै हिजो अस्ति मात्र मुग्लान बाट आएको श्यामे आज गाउँ भरी खोज्दा पनि सोचेको जत्रो खसी भेटिन भनेर धाक लडाउदै थियो । तिन बर्ष के मुग्लान बसेको श्यामेको औकात मुग्लान नछिर्दा कस्तो थियो हामिलाइ थाहा छ । तर आज मुग्लान बाट फर्किदा गाउको जिम्दारलाइ टक्कर दिने औकात बनाइसकियो । फेरि उता मुकुन्देको उस्तै धाक ! संगै बसेको शंकरेलाई सुनाउदै थियो , “यो दशैलाई भनेर पचास केजि को खासी ल्याउदै छु कसम एक केजि मासु बेचिदैन सिंगै खसी पोलेरै खाने हो।”
हिजो अस्ति सम्म धुलो बराबर को औकात थियो त्यो मुकुन्देको तर केही महिना सहर पसेको उसको औकात नै पुरै फेरियो । लगाउनका लागि एक जोर पेन्ट नभाको मुकुन्दे आज भोलि पेन्ट काटेर हापाइन्ट बनाएर लगाउछ । हैन ! सहरमा पैसाको रुख हुन्छ कि जस्तो पो गर्छ ।
सायद ! साहुको चोर्छ जस्तो मान्या छ ।

चौतारामा सबैले आ-आफ्नो औकात सुनाए । म बिचारो ! एक केजि मासुको लागि सपना देखेर घर तिर फर्किए ।
बाटोमा आउदै गर्दा जुनेली भाउजू भेटिईन । उनको पनि मेरै जस्तो दुखेसो । “बुढा सहर पसेको पनि तीन महिना बितिसक्दानि अतोपतो छैन बाबु , घरमा भन्नू हुन्छ भने चामलको एक गेडो छैन । एक सुको पैसा छैन । दशैं पनि आयो । त्यसैले जिम्दार साहुले दुई चार हजार ब्याजे दिन्छ्न कि भनेर जादैछु ।” जुनेली भाउजूले सबै पीडा ओकलिन ।

मैले पनि एक मनले त सोचे भाउजू संगै जिम्दार बा’का घर जाउकी भन्ने तर मनले मानेन । पसलले साइलो भन्दा कडा छ्न झन जिम्दार । ब्याजे पैसा नतिर्नेको उठिबास लगाउछ्न । जुनेली भाउजूको पो आउने बाटो छ तिर्लिन । आफ्नो त कहाँ बाट ल्याएर तिर्नु ।
हैट! भन्दै बाटो लागे !

बाटोमा भएको सानो भट्टि पसल भक्ते काकाको हो । सुर चल्यो भने बुढाले एक दुई हजार बिना ब्याज दिएको पनि छन मलाई । आज पनि आश त्यही हो । दिइहाल्छ्न कि भन्ने …! बाहिर पेटिमा बसेर घने र धने लोकल तन्काउदै थिए लसुन र प्याज संग । बिहानै झ्याप घने दाइ ? मैले मजाक गरे अनि टुसुक बसे ।

दशैं आयो ! दशैं ! “खान्छस एक गिलास ?” घने दाइले सोधे । टुच लोकल तन्काउदै ।
‘खान दाइ बिहानै त ! साझा भा सोच्थे ।’ यति भनेर म भित्र पसे ।

भक्ते काका चकटिमा लम्पसार परेर भुडिलाई आराम दिदै थिए । भक्ते काका हुन र मात्रै नभा भुडे साहु भन्दै जिस्काउन हुन्थियो ।

भुँडी कन्याउदै भक्ते काका बोले ” के छ ? दशैंको तयारी मासु कति किन्ने होस ? खसी यहि काटुला भन्ने सोच्या छु ।”

हल्का टाउको कन्याउदै भने ” दशैंको खर्च पनि जुटाउन आको छु ! एक के.जि मासु टिपिदिनुहोस , पैसा तिर्दै गरौला अनि सक्नु हुन्छ भने एक दुई हजार सपाटी दिनुस् ।”

एकछिन केही बोलेन भक्ते काका । मैले फेरि भने ‘छोरोले मासु मासु भनेर मेरो दिमाग खान थालिसको हजुरले ‘छोरोले मासु मासु भनेर मेरो दिमाग खान थालिसको हजुरले सहयोग नगरे छोरो भोकै हुन्छ । मैले हात फैलाउने ठाउँ अन्त छैन ।’

भक्ते काका भुँडी कन्याउदै बोले ” मासु लैजालास उधारो बरु पैसाको कुरो नगर म आफै ॠणमा डुब्याछु ।

मनमनै सोचे बल्ल एउटा खड्को टर्यो । बाहिर रक्सी तन्काइ राखेका घने दाइलाई जिस्काउन मन लाग्यो कतै दुई हजार दिहाल्छ्न कि भनेर । ” घने दाइ ! छ भने एक दुई हजार सापटी ल्याउ त तीन चार महिनाको लागि ।” बाहिर ढोकामा अडिएर मागे ।

घने दाइ मुखको निकै छुचो मान्छे प्याच भने “तिर्ने हैसियत छैन अझ सापटी पो , आयास्रोत देखा सक्छस भने अनि पाउलास मोरा ।”
एक छिन सबै हासे । त्यही माथी धने दाइले हास्दै भने “दशैं खर्च दुई बोतल मेरै नाममा भो दिनु है भक्ते काका !” फेरि एक छिन हासो दन्कियो तर त्यो बेला मेरो मनमा पिडाको आगो दन्किएको थियो ।

मासुको त जसो तसो जोडजाम भयो तर टीका दक्षिणका लागि रुप्पे जुगाड लगेन । बुढी संग भएको पाच सयले मात्र पुग्ने छटकाट थिएन । कतै बाट सापटि निस्कने छाट काट पनि थिएन ।

भक्ते काका ! “एक लम्मरी चामल अनि दुई केजि मुसुरीको दाल पनि दिनुस् । पैसा मासुको तिर्दा संगै तिरुला नभए काम गर्देर कटाउला ।”
सायद भुँडी जस्तो ठूलो मन भएकाले भक्ते काकाले नाइ भन्न सकेन्न । माग्य जति सामान लिएर घर फर्किए ।

छोरो र पाहुनाका लागि एक एक चोक्टा मात्र भए पनि मासुको लागि इन्तजाम गरियो , भात खाने चामल पनि किनियो , दाल पनि किनियो , आधा किलो आलु र सोयबिन पनि किने । दशैंको किनमेल देखेर बुढी पनि चकित परी । मासुको अर्डर गरेको सुनेर छोरो खुसिले नाच्दै अङगालो मार्‍यो । म पनि दशैंको किनमेल सकिदा खुसिले पेटिमा थचक्क बसे । तर ॠणको भारीले भने टाउकामा हान्यो ।

✍️ विवेक श्रेष्ठ (बेलवारी)




Top