logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

पुडासैनी मृत्यु प्रकरणमा आफ्नो समेत नाम जोडिएपछी रेणु दाहालको आपत्ति (बिज्ञप्ति सहित)

स्टिम न्युज वि.सं ५ भाद्र २०७६, बिहीबार १८:०४
Blog single photo

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको नाम समेत बिभिन्न चरणमा मुछिएपछी उनले आपत्ती जनाएकी छिन।

गत साउन २० गते पत्रकार पुडासैनीले चितवनको कंगारु होटलमा जीवनत्याग गरेका थिए । पुडासैनीले मृत्युअघि टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीको कारण आत्महत्या गर्न बाध्य भएको भिडियो सामग्री बनाएका थिए । पुडासैनीले आफ्नो आत्महत्यामा रवि, युवराज र अस्मितालाई आरोपित गरेका थिए। सोही भिडियोको आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।

तर त्यहि घटनालाई लिएर उनको समेत नाम जोडिन थालेपछि उनले आज एक बिज्ञप्ति जारी गर्दै आपत्ती जनाएकी छिन । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै उनले आपत्ति जनाएकी हुन्।

बिज्ञप्ति मार्फत उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको बताएकी छिन ।

घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न मेयर दाहालले सबैसँग अनुरोध गर्नुभएको छ । महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गरेकी छिन् ।




Top