logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

रिचार्ज गर्दा मोबाईलमा आउँन थाल्यो सित्तैमा दोब्बर रकम

स्टिम न्युज वि.सं १३ चैत्र २०७६, बिहीबार १०:११
रिचार्ज गर्दा मोबाईलमा आउँन थाल्यो सित्तैमा दोब्बर रकम

काठमाडौ । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार रातीबाट उपलब्ध गराउन सुरु गर्ने भएको छ ।

यस अघि बुधबार दिउँसोबाट सुरू गर्ने भनिए पनि प्राविधक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ ।

यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन ।

मङ्गलबार नियामक नेपाल दूरसन्चार प्राधिकरणले सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएको थियो ।

कोरोना संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पुर्याउन प्राधिकरणले बढीमा एक महिनासम्म यस्तो सुविधा उपलब्ध गराउन निर्देशन गरेको थियो ।



Loading...
loading...

Top