logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जोको कोरोना भाइरस संक्रमणबाट निधन

स्टिम न्युज वि.सं ९ चैत्र २०७६, आईतवार १४:१९
रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जोको कोरोना भाइरस संक्रमणबाट निधन

एजेन्सी: कोरोना भाइरस संक्रमणबाट स्पेनिस ला लिगा क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लोरेन्जोको ७६ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।

भाइरसको संक्रमणपछि लोरेन्जो बिहीबार अस्पतान भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि जाँचमा उनलाई कोरोनाको संक्रमण देखिएको थियो ।

उनको अस्पतालमै शनिबार राति निधन भएको हो । लोरेन्जो सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहेका थिए ।



Loading...
loading...

Top