logo
  • Monday, December 9, 2019
  • वि.सं २३ मंसिर २०७६, सोमबार

रौतहट हत्याकाण्ड: निलम्बित सांसद आलम जेल चलान

स्टिम न्युज वि.सं ३० कार्तिक २०७६, शनिबार ०९:१०
Blog single photo

रौतहटः १२ वर्षअघि रौतहटको इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको अभियोगमा पक्राउ परेका निलम्वित सांसद एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि शुक्रबार जेल चलान गरिएको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले नेता आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

२७ चैत २०६४ मा रौतहटको राजपुर फलरदहवामा भएको बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा नेता आलमलाई रौतहट प्रहरीले गत २६ असोजमा गौरबाट पक्राउ गरेको थियो । आलमको थुनछेक मुद्दामा गत २१ कात्तिकबाट बहस सुरु भएको थियो ।

वादीको तर्फबाट १४ जना वकिलले थुनामा राखि कारबाही माग गर्दै बहस गरेका थिए भने प्रतिवादी आलमको तर्फबाट २८ जना कानुन व्यावसायीले उनको बचाउको पक्षमा बहस गरेका थिए ।

आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले बम विस्फोटमा दुई वर्ष कैद, कर्तव्य ज्यान मुद्दामा २० वर्ष र ज्यान मार्ने उद्योगमा १० वर्ष गरी ३२ वर्ष जेल सजाय हुने गरी तीनवटा मुद्दा दर्ता गराएको




Top