आज रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा, यस्तो रहेको छ परम्परा

रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा
Advertisement

आज रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा, यस्तो रहेको छ परम्परा

काठमाडौँ– आज काठमाडौं उपत्यकामा रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा हर्षोल्लासका साथ मनाइदैछ ।

एक महिनाअगाडिबाट सुरु भएको वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा ललितपुरको विभिन्न ठाउँ हुँदै जावलाखेलमा आएर आज सम्पन्न हुदैछ ।

रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा

मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालाई स्थानीय भाषामा जावलाख्य जात्रा भनिन्छ।

जावलाखेलमा रथ पुगेपछि छवासकामुनी पिठमा भात छर्न ल्याउने चलन छ। जा ह्वला ख्य भनेको भात छर्ने मैदान हो। जुन अपभ्रंस भई जावलाखेल हुन गएको हो।

आज देशका राष्ट्रप्रमुखले वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाउने चलन छ ।

मछिन्द्रनाथको जात्राका लागि बुङ्गमतीबाट देवतालाई पाटन ल्याइन्छ । यहाँ ल्याएपछि रथ निर्माण, रथारोहण र रथ यात्रा हुँदै आएको छ । रथ यात्राको बाटो उही छ । तिथिका आधारमा रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ ।

रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा

रथ पुगेको स्थानमा पुगेको दिन छोय्लाभूु ‘प्रारम्भिक जात्रा’ र त्यसको भोलिपल्ट मूल जात्रा ‘भुज्याः’ गरेर हर्षोल्लासका साथ जात्रा मनाइन्छ ।

विभिन्न बहुमुल्य रत्न जडित भोटोलाई बिमान खटको चारै कुनाबाट देखाउने परम्परा छ । मच्छिन्द्रनाथको भोटो देवलोक मर्त्यलोक, मनुष्यलोक र नागलोकलाई चारै कुनाबाट भोटो देखाउने प्रचलन छ।

यो भोटो उपत्यकामा मच्छिन्द्रनाथ भित्रयाउने बन्धुदत्त बज्राचार्य, ललितज्यापु, राजा नरेन्द्रदेब लगायत कर्कोटक नागराजलाई पनि देखाउने परम्परा छ।

Facebook Comments