logo
  • Tuesday, July 7, 2020
  • वि.सं २३ असार २०७७, मंगलवार

विदेशी समुद्रमा अव नेपाली राष्ट्रिय ध्वजावाहक पानीजहाज

स्टिम न्युज वि.सं १२ मंसिर २०७६, बिहीबार ०८:५०
विदेशी समुद्रमा अव नेपाली राष्ट्रिय ध्वजावाहक पानीजहाज

काठमान्डाैं: तेस्रो मुलुकसँग व्यापार तथा पारवहनमा पहुँच विस्तार गर्न नेपालको राष्ट्रिय झण्डासहितको पानीजहाज सञ्चालन गर्न भारतसँग सहमति भएको खबर राजधानी दैनिकमा छापिएको छ । राजधानीमा बुधबार सम्पन्न नेपाल भारत पारवहन सन्धि पुनरावलोकन द्धिपक्षीय बैठकमा यस्तो सहमति भएको हो । नेपाली झण्डासहितको पानीजहाज सञ्चालनपछि आयात निर्यातमा नेपालको पहिचान झल्किने विश्वास गरिएको छ ।

नेपालको पारवहन तथा आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल भारत पारवहन सन्धि प्रोटोकलमा जलमार्ग एवम् बहुविधिक रुट दुवानी प्रक्रिया र व्यवस्था तथा भन्सार सहजीकरण सहमति भएको हो ।



Loading...
loading...

Top