logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

राष्ट्रपतिले जनतालाई दुःख हुनेगरी आफू कहिँकतै नहिँड्ने बताएपछी, सवारीमा सुधार हुँदै

वि.सं ३१ जेष्ठ २०७६, शुक्रबार १५:०४
Blog single photo

राष्ट्रपतिले जनतालाई दुःख हुनेगरी आफू कहिँकतै नहिँड्ने बताएपछी, सवारीमा सुधार हुँदै

काठमाडौं- राष्ट्रपति बिद्यादेवी भण्डारी यही जेष्ठ २१ गते नेपालगन्ज जादा अलि भिन्न दृश्य देखियो ।

अरुबेला राष्ट्रपतिको सवारी हुँदा सडक देखि हवाई उडानमा समेत समस्या हुने गरेकोमा त्यस दिन अवस्था फरक देखियो ।

अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोटामसमेत जारी गरिएको थिएन ।

नियमित उडानमार्फत नेपालगञ्ज पुग्नुभएकी राष्ट्रपति भण्डारी २३ गते राजधानी फर्कनुभयो ।

दुवै  दिन विमानस्थलमा कुनै असर परेन । राष्ट्रपतिको यस किसिमको यात्रालाई सकारात्मक रुपमा लिइयो ।

भिआईपी सवारी भन्दै यस अघि जनताको यात्रामा प्रत्यक्ष प्रभाव पर्ने गरि सवारी रोकिने, डाइभर्सन गरिने गरिदै आइएको छ ।

यसलाई लिएर आम नागरिकहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

पछिल्लो समय सर्वसाधरणकोआवाजलाई शीतलनिवासले गम्भीरतापुर्वक लिएर सवारीमा सुधारको काम अघि बढाएको देखिन्छ ।

सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउने गरेको भन्दै विरोध हुन थालेपछि राष्ट्रपति भण्डारीको सवारीका क्रममा सुधार सुधारको संकेत देखिएको छ ।

सवारीका कारण सर्वसाधारणले दुःख नपाउन् भनेर सामान्य कार्यक्रम राष्ट्रपति कार्यालयमानै उद्घाटन गर्न सुरु गर्दै सवारीमा सुधारको प्रयास हुन थालेको छ ।

भिआईपीको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा नोटाम जारी गरेर अन्य उडान रोक्दै आइएको छ ।

जसले दिनभरको उडान तालिका अस्तव्यस्त हुने र सर्वसाधारणहरू प्रभावित हुने गरेका छन् ।

सुरक्षाका कारण भन्दा भिआईपीको सम्मानका लागि अन्य उडान रोकिने गर्दा सर्वसाधारणबाट आलोचना हुने गरेको थियो ।

यसमा पनि बिमानस्थलले पनि सुधारको प्रयास अघि बढाएको बुझिएको छ ।

भिआईपीको सुरक्षा सेनाले हेर्ने र, सेनाकै सिफारिसमा नोटाम जारी हुने हुँदा त्यसमा सुधार गर्न छलफल थालेको विमानस्थलस्थल श्रोतको भनाइ छ ।

राष्ट्रपति भण्डारी आफैले पनि किन यसरी जाम गरेको भन्दै सुरक्षामा खटिएका नेपाली सेनाका अधिकृतहरुलाई पटक पटक सोधनी भएको र, सैनिक अधिकारीहरुले भिभिआईपीको सुरक्षाका लागि भन्दै सडक जाम गर्दै आएको बताउने गरेको शीतलनिवास स्रोतको भनाइ छ ।

राष्ट्रपतिले आफ्नो सवारीका कारण जनतालाई दुःख हुनु नहुने र जनतालाई दुःख हुनेगरी आफू कहिँकतै नहिँड्ने बताएको श्रोतको भनाइ छ ।

राष्ट्रपतिले यस्तो धारणा राखेपछि सवारीको क्रममा सुधारको प्रयास थालिएको शीतलनिवास स्रोत बताउछ ।

राष्ट्रपतिको सोहि अडानको परिणाम गत साता नेपालगञ्ज भ्रमणमा देखिएको बताइन्छ ।

राष्ट्रपति नेपालगन्ज जाँदा र फर्कंदा विगतको तुलनामा ट्राफिक निकै कम प्रभावित भएको थियो ।

आइतबारको भोटोजात्राको कार्यक्रम भने औपचारिक भएकाले सडक दुईतर्फ नै खाली गरिएको थियो ।

तर बिगतमा भन्दा निकै सहज बनेको देखिन्थ्यो ।

राष्ट्रपतिनिवास भित्रै कार्यक्रम उद्घाटन

अत्यन्त सामान्य कार्यक्रममा पनि राष्ट्रपति जाने र सवारीको नाममा सडक अस्तव्यस्त हुने गरेको भन्दै आलोचना बढेपछि, प्रायजसो कार्यक्रम शीतलनिवासभित्रै आयोजना गर्न थालिएको छ ।

आइतबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने सम्मेलन पनि शीतलनिवासभित्रै उद्घाटन गरियो ।

राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार सामान्य कार्यक्रममा समेत राष्ट्रपति जाने गर्दा,

सर्वसाधारणलाई सडकमा सास्ती हुन थालेपछि उद्घाटन कार्यक्रम शीतलनिवासभित्रै गर्न थालिएको हो ।

यस अघि सुरक्षा निकायले समेत यस्तो सुझाव दिदै आएका थिए ।

गत फागुनमा सैनिक दिवसका अवसरमा राष्ट्रपति भद्रकाली पुगेर फर्कंदा लामो समय सडक खाली बनाएर सास्ती दिएको भन्दै सर्वसाधारणले सवारी अवज्ञा गरेका थिए ।

त्यसपछि पनि पटकपटक अवज्ञाको प्रयास भएपछि सुरक्षाकर्मीले सवारीको योजनामा परिवर्तन गरेर थोरै समय मात्र सडक खाली गराउन थालेका हुन् ।

त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित दुईदिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आइतबारदेखि सुरु भएको छ ।

आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासमा उद्घाटन भएको सम्मेलन भने कुपन्डोलस्थित हिमालय होटेलमा चलिरहेको छ ।

Top