तपाईको आज: २०७६ जेष्ठ २५ गते शनिबारको तपाईको राशिफल

राशिफल
Advertisement

तपाईको आज: २०७६ जेष्ठ २५ गते शनिबारको तपाईको राशिफल

आज २०७६ जेष्ठ २५ गते शनिबार, अंग्रेजी मिति जुन ८, २०१९ : राशिफल अनुसारको आजको तपाईको दिन यस्तो रहनेछ:

मेष: कारोबार बिस्तारमा मित्र सहयोग प्राप्त हुन सक्नेछ । लाभ वृद्धि हुनेछ । भौतिक सुख प्राप्त हुनेछ ।

वृष: मित्रको आगमन हुन सक्छ । कला एवं संगीत प्रति रुची बढ्नेछ । आय वृद्धिका स्रोतहरू फेला पर्न सक्नेछ ।

मिथुन: कार्यक्षेत्रमा कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ । वाणीमा संयमता राख्नुपर्ने समय छ शैक्षिक कार्यमा अवरोध ।आउन सक्छ ।

कर्कट: मानसिक शान्ति प्राप्त हुनेछ । आत्मविश्वास बढ्नेछ । सन्तानको स्वास्थ्य समस्याले सताउन सक्ला । खर्च अधिक रहन सक्ला ।

सिंह: परिवारको साथमा धार्मिक स्थलको यात्राको कार्यक्रम बन्न सक्छ । मातापिताको साथ सहयोग रहनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, ख्याल राख्नुपर्ने देखिन्छ ।

कन्या: छिनमै दुखि छिनमै सुखीको भाव रहला । जागिरको क्षेत्रमा नयाँ शुरुवातको योग छ । आय वृद्धिको योग रहेको छ ।

तपाइको यो साता,भाग्यमानी ३ राशि

तुला: आयमा कमी र खर्च अधिक रहन सक्ने समय छ । संचित धनमा कमी आउन सक्ला । पिताको साथ सहयोग रहनेछ ।

वृश्चिक: मन अशान्त रहला । परिवारको सहयोग भने मिल्नेछ । वाणीमा संयमता राख्नुपर्ने देखिन्छ । शिक्षाको क्षेत्रमा सफलता मिल्ने समय छ । स्वास्थ्यको विशेष ख्याल राख्नुहोला ।

धनु: मन अशान्त रहला । आलस्यताले सताउन सक्छ । जीवनसाथीको स्वास्थ्यमा समस्या देखिन सक्छ । अनावश्यक खर्चको योग देखिन्छ ।

मकर: जागिर परिवर्तनको संभावना देखिन्छ । वाहन सुखमा वृद्धिको योग छ । खर्चमा वृद्धि हुन सक्नेछ ।

कुंभ: कुटुम्ब परिवारमा धार्मिक कार्य हुन सक्छ। शैक्षिक कार्यमा सुखद् परिणाम मिल्न सक्ने देखिन्छ । मित्रहरूको सहयोग मिल्ने योग छ ।

मीन: आत्म विश्वास बढ्ला । दाजुभाइ दिदीबहिनीको साथ सहयोग र सानिध्यता प्राप्त होला । सन्तानको तर्फबाट सुखद्  समाचार प्राप्त होला ।

राशिफल अनुसार जे जस्तो भनिएको भएपनि असल नियतले मिहेनत र लगनशीलतापूर्वक गरिएको काममा निश्चयनै सफलता प्राप्त हुनेछ । होशपूर्वक अघि बढ्दा बाधाव्यवधान र कष्टहरूलाई छिचोल्न सकिनेछ । तपाईको दिन शुभ रहोस् ।

Facebook Comments