logo
  • Monday, December 9, 2019
  • वि.सं २३ मंसिर २०७६, सोमबार

चर्चित गीत ‘हामी यस्तै त हो नि ब्रो’ का कारण चर्चित र्‍यापर भिटेन पक्राउ

स्टिम न्युज वि.सं ७ कार्तिक २०७६, बिहीबार १२:००
Blog single photo

काठमाडौं । चर्चित गीत ‘हामी यस्तै त हो नि ब्रो’ का कारण चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जाउलाखेलबाट पक्राउ गरेको हो ।

उनको पछिल्लो निकै चर्चामा आएको  ‘ हामी यस्तै त हो नि ब्रो’  गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएको छ।

मंगलबार मात्र गायक दुर्गेश थापा उनको पछिल्लो समय आएको तिहार गीतको कारण पक्राउ परेका थिए। गीतमा प्रयोग भएका शब्दकै कारण थापा पक्राउ परेका थिए




Top