logo
  • Tuesday, January 21, 2020
  • वि.सं ७ माघ २०७६, मंगलवार

प्रदेश नम्बर १ मा तीन बर्षमा १ हजार २९ वटा बलात्कारका घटना

वि.सं १५ श्रावण २०७५, मंगलवार १३:११
प्रदेश नम्बर १ मा तीन बर्षमा १ हजार २९ वटा बलात्कारका घटना

प्रदेश नम्बर १ मा तीन बर्षमा १ हजार २९ वटा बलात्कारका घटना

विराटनगर । प्रदेश नम्बर १ मा पछिल्लो समयमा बलात्कारका घटना निकै बढेको एक तथ्यांकले देखाएको छ । पछिल्लो तीन वर्षको अवधिमा मात्रै पनि प्रदेश न १ मा कूल १ हजार २९ वटा बलात्कारका घटना भएका छन् ।

जुन दैनिक १ जनाभन्दा बढी महिलामाथि बलात्कारको घटना हुने गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कबाट देखिएको हो । तीन वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७४/७५ मा ३ सय ८४ वटा बलात्कारका घटना भएका छन् ।

प्रहरी अधिकारीका अनुसार प्रदेश १ मा ७ बर्षीया बालिकादेखि ६२ वर्षीया महिलामाथि बलात्कारका घटना भएका छन् ।जसमध्य सबैभन्दा बढी पिडितमा किशोरीहरु रहेको तथ्यांकले देखाएको छ।

प्रदेशमा मात्र १ वर्षको अवधिमा जवरजस्ती करणी उद्योगका १ सय ८७ वटा घटना भएका छन् ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com