logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

आज राम नवमी

स्टिम न्युज वि.सं २० चैत्र २०७६, बिहीबार ०८:१९
आज राम नवमी

काठमाण्डाैंःआज रामनवमी। श्रद्धा तथा भक्तिपूर्वक भगवान रामको पूजा आराधना गरी आज रामनवमी पर्व मनाईदै छ ।

हरेक बर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाउने गरिन्छ ।

असुर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका बिभिन्न पवित्र नदि, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।

राम नावमीमा ब्रत बसी पूजापाठ तथा जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने विश्वास छ ।

कोरोना भाइरसको महामारीले अहिले देशै लकडाउन भएका कारण यस वर्ष रामनवमीमा राममन्दिर पुग्ने भक्तजनहरु भने न्यून छन् ।



Loading...
loading...

Top