logo
  • Sunday, September 27, 2020
  • वि.सं ११ आश्विन २०७७, आईतवार

राजनीति हो कि लाजनिती ?

प्रेम थापा वि.सं ११ भाद्र २०७७, बिहीबार १२:५७
राजनीति हो कि लाजनिती ?

किराँतकालदेखी नेपालीमा स्थानीय शासनको प्रारम्भ भएकाले त्यसबेला स्थानीय एकाइहरुलाई प्रशासनिक , न्यायीक तथा राजस्व प्रयोग गर्ने स्वायत्तता दिईएको पाइन्छ , तर हिजो आजको स्थानीय तह तथा स्थानीय एकाइहरुलाई जनताको अधिकारसङ्ग, देशको बिकास र निकाससङ्ग राजनीति गरे जस्तो महसुस हुन्छ । यस्तो परिस्थितिमा स्थानीय तहबाट हामी जनतालाई अधिकार प्रदान गरि यसको सुनिश्चित गर्न खोजेका हुन कि हाम्रो अधिकार सुनिश्चित गर्ने निउमा हामी माथी राजनीति गरि आफ्नो स्वार्थ पूरा गर्न खोजेका हुन भनेर हामी अन्यौलमा परेको कुरा कुनै नयाँ कुरा भने हैन ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यबस्थाको माध्यमबाट दिगो शान्ति , सुशासन , बिकास र समृद्धिको आकाक्षा पूरा गर्ने भनी नेपालको संविधान (२०७२ ) जारी भयो , तर जब स्थानीय सरकारद्वारा शासन ब्यबस्था संचालन भयो यो त जनप्रतिनिधिहरुको महल बनाउने, गाडी घोडा खरिद गर्ने, अनि आफ्ना निकटका मान्छेहरूलाई रोजगार दियर तिनपुस्ता सुरक्षित गर्ने सशक्त माध्यम बन्यो स्थानीय सरकार ।

बिद्यालयमा शिक्षक नियुक्त गर्नु पर्यो राजनीति ! कुनै न्यायिक निकायमा न्याय माग्न गयो राजनीति ! कुनै सभा समारोह सहभागी हुनुपर्यो राजनीति ! कुनै मठ मन्दिरमा पुजारी राख्नु पर्यो भने पनि राजनीति , कुनै विकासका योजना संचालन गर्नु पर्यो राजनिती ! हुँदा हुदा झन अहिले त चिया पसलमा र भट्टी पसलमा पनि राजनीति र जुन निकायले राजनीतिक स्वार्थभन्दा माथी रहि कार्य संचालन गर्ने छौ भनेर कसम खायका हुन्छन त्यहाँ त झन राजनीति हुन थालेको कुनै नौलो कुरो भने हैन । यो राजनीति भन्ने शब्द त जनताको प्यारो र आशाको केन्द्रबिन्दु हुनु पर्ने हैन र ? अनि यी राजनीतिज्ञ वा नेताहरु लोकप्रिय हुनु पर्ने हैनन र ? तर यहाँ त राजनीति भनेको चोर, फटाह , बदमाश , ठग , र ध्रुतहरुले गर्ने काम हो भन्ने धारण पो छ त सर्बसाधारणको ।

हुन पनि हो , जुनसुकै कुरामा पहुँच र राजनीति आवश्यक पर्ने अनि पहुँच हुनलाई २/४ वटा काण्ड पारेको हुनुपर्ने वा नेताहरुको चाकडी गरेको हुनुपर्ने हुन्छ, अनि कसरी बनोस राजनीति लोकप्रिय । राजनीति गर्नेहरुका यस्ता क्रियाकलाप देख्दा मलाइ सोध्न मन लाग्छ यो राजनीति हो कि लाजनीति ? नेपालको संविधान जारी भैसके पछि राजनीतिक संक्रमण समाप्ति हुँदै गयको सन्दर्भमा राज्यको ध्यान आर्थिक तथा सामाजिक बिकासमा केन्द्रित गरिएको भनियता पनि नेपाली अर्थतन्त्रमा यस्तै किसिमको लाजनीतिको कारणले विविध प्रकारका अवरोध , बाधा , अड्चन , परनिर्भरता तथा बिचलन बढ्दै गयको महशुस त सारा नेपालीले गरि रहेका छन ।

किसानले अन्न तथा फलफूल उत्पादन गर्यो बिक्री गर्दा राजनीति, कुनै मठ मन्दिरमा पुजारी राख्नु पर्यो राजनीति, झन यो स्थानीय सरकार संचालन भयबाट त राजनीति को सट्टा लाजनीतीले धेरै प्राथमिकता पाईरहेको हामी स्पष्ट देखिरहेका छौ । बेरोजगारी समस्या समाधान खै ? दीर्घकालीन विकास र सामाजिक समृध्दि खै ? बिपत ब्यबस्थापन खै ? पर्यावरणीय दिगो पना खै ? उत्पादन र उत्पादकत्व अभिबृध्दी खै ? मानवीय बिकास खुशी र सन्तुष्टि खै ? यस्ता प्रश्नको जबाफ त केवल शब्दमा मात्र सिमित छन वास्तवमा जस्तो कि पूर्वीय दर्शनमा उल्लेख भय जस्तो सर्बे भबन्तु सुखिन : सर्बे सन्तु निरामय: सर्बे भद्रणी पस्च्न्तुमा दु:ख भाग्जन आदि ।

अब तपाइँहरू आफै भन्नुहोस् जस्ले सफा गर्ने प्रयास गर्दैन उस्ले फोहोर गर्ने आट पनि नगर्नु नि हैन र ? तर के गर्नु नेता हरु सबै स्वार्थमा केन्द्रित भय, देश विकास र समृध्दि सुस्त भयो त्यसैले सर्वसाधारणमा अति गरिबी र बिपन्नता सिर्जना भयो, चेतना स्तरमा वृद्धि हुन सकेन, सरकारी कार्यक्रम बिच समन्वय को कमि भयो अनि हाम्रा यस्ता कमजोरीहरुले गर्दा राजनीतिक स्तरमा व्यबस्थित नितिगत ढाचाको अभाव भयो , प्रभावकारी सूचना प्रणालीको य विकास हुन सकेन, वित्तीय स्रोतको दिगोपना स्थापित हुन सकेन , ब्यबस्थित अनुगमन तथा मुल्यांकनको अभाव भयो । यस्ता समस्याहरु त नगन्य छन ।

हामीलाई पहुँच अभिवृद्धि गर्दा समानता चाहिएको छ । तर यहाँ त नाताबाद , कृपाबाद र चाकडिबादको माध्यमबाट मात्र पहुँच बनाउन सकिने देखिन्छ ।यहाँ गरीब सधैं गरिब छ, धनिहरु झन धनी हुँदै छन । यहाँ कोहि खान नपाएर मरिरहेका छन कोहि धेरै खाएर मरेका छन । सरकारी कार्यालयमा पहुँचवालाको हालिमुहाली छ ल सेवा प्रदायकहरु सबै नाताबादमा केन्द्रित छन । कमजोर र पहुँच बिहिन सर्वसाधारण जनता हेरेका हेरेइ हुन्छन तर अलिअलि धनी मनि भनौदाहरु र लाजनीति गर्नेहरुका चाकडिबाज हरुको काम under table (घुस) बाट सम्पन्न हुने त प्रचलन नै भैसक्यो ।

देशभक्त र स्वाभिमानी कर्मचारी तन्त्रको प्रवेश कहिले हुने सरकार ? यहाँ भ्रष्टाचारको त कुरै नगरौं । भ्रष्टाचारलाई समान्य समस्या हो भन्ने माहान भ्रष्टाचारीहरु हाम्रै घरछिमेकमा पनि छन । त्यसमा पनि सबैभन्दा बढी हुने आर्थिक भ्रष्टाचार जुन स-साना निकायदेखी ठुलाठुला योजना सम्म अभ्यासरत छ । हाम्रै स्थानीय तहको बारेमा भनौ भने हड्डि फालेर कुकुर जुधाउने अनि आफू त्यसैलाई आधार बनायर रमाउने त कति छन कति । हालको बिश्वब्यापी महामारी covid-19 त हाम्रा लाजनीती कर्ताहरुको भ्रष्टाचार गर्ने सशक्त माध्यम बनेको हामिले महसुस गरिरहेकै छौ ।

भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न निकायहरु क्रियाशील छन भन्ने कुरा रेडियो टिभी र अन्य सामाजिक संजालहरुमा मात्र सुनिन्छ । तर कुनै समयमा हाम्रा लोकप्रीय लाजनीतिकर्ताहरुलाइ पनि कारबाही गर्नु नि । हुन त त्यस्ता निकायहरु पनि कति न इमानदार हुन्छन र मुखमा १०-१२ हजारको बुझो हालिदिने हो भने चुपचाप हुन्छन , अनि त्यि ब्यक्तीको बारेमा किन बोलुन । यहाँ रुपैयाँलाई सर्वश्रेष्ठ मानी इमान बेच्ने हरु त मालामाल देख्न पाइन्छ । यस्तो लाजनीतिलाइ नियन्त्रण गरि एक सकारात्मक परिवर्तन गर्न अशल राजनीतिक चरीत्र भएका स्वाभिमानी राजनीतिज्ञहरुको प्रवेश कहिले हुने सरकार ? यस्तो लाजमर्दो राजनिती लाई नियन्त्रण गर्ने निकायहरु किन सुतिरहेका छन ? विभिन्न ऎन कानुनहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकियको छैन ? किन कर्मचारीलाई राजनीतिक भागबन्डा गरि नाताबाद र कृपाबादको आधारमा जागिर दिईन्छ ? म यसको उत्तर हाम्रै स्थानीय सरकार भैरवी गाउँपालिका का प्रतिनिधि ज्युहरु सङ माग्न चाहन्छु। के यस्तो हुनुमा हामी नागरिकको कमि कमजोरी छ ? अवस्य पनि हामी कमजोर छौ ,। हामिलाई चासो छैन कि हाम्रो रगत पसिनाको कमाइबाट तिरेको करको हिस्सा कति छ भन्ने । त्यसैले अब हामी एकजुट हुनुपर्ने भयो । यस्ता लाजनीती गर्नेहरुको पर्दाफास गर्नुपर्ने भयो । हामी अब अन्जान रहेनौ अब सचेत भइ सकेउ ।हामीलाई ऎन कानुनबारे जानकारी भैसकेको छ । कुनै राजनीतिक पार्टीको आस्था बोकेका छौ भने केबल स्वार्थका लागि हैन स्वाभिमानलाइ दृस्टीगत गर्न आस्था राखेका छौ । अब हामीलाई अशल नेतृत्वको आवश्यकता छ , चाहे त्यो राजनीति होस वा अन्य कुनै निकाय ।

यहाँ रोजगारको नाममा हड्डी फालेर कुकुर जुधाउने अनि आफू त्यसैमा रमाउने भ्रष्ट नेतृत्व चाहिएको हैन । हामिले विद्वान G.R. terry ले भने जस्तै leadership is the activity of influencing people to strive willingly for group objective . हो यस्तो नेतृत्वको अपेक्षा गरिरहेका छौ । विशेष गरि हामीलाई Right based constitution को महसुस गराउने र हरेक नागरिकलाई कानुनी राज्यको महसुस गराउने नेतृत्व चाहिएको छ । नत्र सारा नेपाली फेरि एकपटक आन्दोलनमा उत्रिने छन जसरी अमेरिका जस्तो शक्तिशाली रास्ट्रमा सन १९८६ तिर गोराहरुले उच्च ओहोदाको दम्भ राखी काला जातिलाइ दासत्वको व्यबहार गर्दा रङ्गभेद जन्य आन्दोलनको उठान भयो तब त्यहाका प्रधानमन्त्रीले बाध्यताबस उनीहरुको मागको सम्बोधन गर्न बाध्य भय । त्यस्तै यहाँ लाजनीती गर्ने हरु पनि आफ्नो अहमता त्याग्न बाध्य हुनेछन । यो विषयमा अब म धेरै बोल्न चाहेन बस हाम्रो बन्द आवाजलाई महसुस गरियोस र लाजनीतिबाट हामीलाई मुक्त गरियोस ।



Loading...
loading...

Top