logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

गायक राजेश पायल राईको घरमा आगलागी

स्टिम न्युज वि.सं ३१ भाद्र २०७६, मंगलवार ११:१०
Blog single photo

काठमाडौं: गायक राजेश पायल राईको बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको छ । साङ्गीतिक कार्यक्रमका लागि राजेश काठमाडौं बाहिर भएको बेला उनको घरमा आगलागी भएको हो।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन भने के कति भौतिक क्षति भएको छ भन्ने विवरण आइसकेको छैन । आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् ।

आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन्।

आगलागीपछि उनले आफ्नो फेसबुक पेजमा लेख्दै भनेका छन्:’म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन .. मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन ..अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया ,सुझाव नजलोस् .. म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे




Top