logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

अमेरिकी राजदुतको ‘राजदूत सँग गफगाफ’ संवाद कार्यक्रम आउनु अघिनै विवादमा

वि.सं ८ जेष्ठ २०७६, बुधबार १८:१६
Blog single photo

अमेरिकी राजदुतको ‘राजदूतसँग गफगाफ’ संवाद कार्यक्रम आउनु अघिनै विवादमा

काठमाण्डाै – अमेरिकी राजदूत र्‍याण्डी बेरीले ‘राजदूतसँग गफगाफ’ संवाद कार्यक्रम सञ्चालन गर्न लागेकोमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आपत्ति प्रकट गर्नुभएको छ ।

वरिष्ठ नेता नेपालले अन्तर्राष्ट्रिय अभ्यासमै नभएको त्यस्ता संवाद कार्यक्रम कुटनीतिक मर्यादा विपरीत हुने भन्दै उक्त कार्यक्रम नल्याउन राजदूत बेरीको ध्यानाकर्षण गराउनु भयो । बुधबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले कुटनीतिक मर्यादाको पालना सबैले गर्नुपर्ने बताउनुभयो ।

नेता नेपालले अमेरिकाप्रति संकेत गर्दै कुटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन् त्यसको पालना गर्नैपर्ने जिकिर गर्नुभयो ।

अमेरिकी राजदूत बेरीले आउँदाे सोमबारदेखि सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ संवाद कार्यक्रमको सन्देश उहाँकै फेसबुक पेजमार्फत् सार्वजनिक भएपछि त्यसको विरोध हुन थालेको हो । ‘जनता सँग प्रधानमन्त्री’ कार्यक्रमको झल्को दिने गरि राजदुत बेरीले कार्यक्रम ल्याउन लागेको जानकारी भिडियो मार्फत सार्वजनिक भए लगत्तै चौतर्फी प्रतिक्रियाहरू शुरू भएका हुन् ।


सत्तारुढ नेकपाकै अर्का नेता भीम रावलले पनि कुटनीतिक मर्यादाविपरीत गएर अमेरिकी राजदूत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिनुभएको छ ।

उहाँले कुटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदूत बेरीलाई याे संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको बताउनुभयो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमतिबिना अमेरिकी राजदूत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारसँग अनुमति नलिइ राजदूत बेरीलाई याे संवाद कार्यक्रम सञ्चालन गर्ने अधिकार नभएको स्पष्ट पार्नुभयो । सांसद कर्णले कुनै पनि बहानामा कुटनीतिक मर्यादाको उलंघन गर्ने काम राजदूतहरुले गर्न नहुने पनि स्पष्ट पार्नुभयाे ।




Top