बहिनीको रजस्वला; दाइको पिडा !!

रजस्वला भनेर चिनिएको मासिक धर्मको अवस्था एक अनिवार्य जैविक प्रकृया हो । रजस्वलाको सन्दर्भमा देखिने रक्तस्राव नव सिर्जनाको प्रतीक चिह्न हो । प्रत्येक रुखविरुवामा फल लाग्नुपूर्व फूलहरु फुल्दछन् । फूल फुल्नु फल लाग्ने पूर्वावस्थाको परिचायक हो । फल दिने रुखविरुवामा लाग्ने फूलकोपिलाहरु सुन्दर हुन्छन्, पवित्र मानिन्छन् । रजस्वला पनि मानवरुपी उत्तम फल लाग्ने अद्वितीय प्राकृतिक संकेत हो ।