logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

रविसहित तीन जनालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि आज सुनुवाई हुने

स्टिम न्युज वि.सं २६ भाद्र २०७६, बिहीबार ०८:००
Blog single photo

हेटौँडा : न्यूज २४ टिभीका कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेल तथा अभियुक्त अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि आज सुनुवाई हुदैछ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित  रवि लामिछाने, युवराज कडेल तथा अर्की आरोपित अस्मिता कार्कीलाई थुना (हिरासतमा)नै राखेर अनुसन्धान गर्नुपर्ने माग राख्दै आज उच्च अदालत पाटन, हेटौँडा इजालाशमा निवेदन परेको थियो  ।

चितवन जिल्ला अदालतले गत भदौ ९ गते आरोपित लामिछानेलाई ५ लाख धरौटि, कडेललाई ३ लाख धरौटी तथा कार्कीलाई साधरण तारेखमा हिरासत बाहिरनै बसेर मुद्धा लडन मिल्ने गरि आदेश गरेको थियो ।

तर भाद्र ९ गतेको फैसलालाई बदर गरी तीनैजनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो ।

उक्त रिटमाथि मंगलबार भएको सुनुवाईमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रवीसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेदन एकसाथ राखेर पेश गर्न आदेश दिएको थियो।

यसअघि आरोपित मध्येका लामिछाने र कँडेलले पनि चितवन जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै दिएको निवेदनमा हेटौँडा इजलाशले चितवनमा भएको आदेशको प्रतिवेदन माग गरेको थियो ।

यसअघि आरोपित मध्येका लामिछाने र कँडेलले पनि चितवन जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै दिएको निवेदनमा हेटौँडा इजलाशले चितवनमा भएको आदेशको प्रतिवेदन माग गरेको थियो ।




Top