राजमा एउटा प्रोटिनयुक्त व्यन्जन हो र यसको धेरै परिकार बनाउन सकिन्छ । धेरैलाइ लाग्न सक्छ कसरी बनाउने स्वादिलो राजमा ग्रेवी ? यहाँ धेरै सजिलो राजमा ग्रेवी बनाउने तरिका तरिका दिइएको छ ।
हाम्रो परम्पराहरूमा पनि राजमाको ठूलो महत्व छ क्वाटी बनाउँदा विवाह भोजहरूमा र दैनिक भोजनमा समेत । साथै यसमा मासुमा भन्दा बढी प्रोटिन पनि पाइन्छ । शाकाहारीलाइ यो निकै पौष्टिक आहार पनि हो ।
राजमा ग्रेवी बनाउने तरिका :
५०० ग्राम राजमा १ दिन अगाडि पानीमा भिजाउनु
१०० ग्राम प्याज काट्नु
१०० ग्राम टमाटर पिस
२५/२५ ग्राम लसुन अदुवा पेष्ट
१/१ टेवुल स्पुन जिरा, धनियाँ, वदाम, नरिवल धुलो
१/१ टि स्पुन बेसार, खुर्सानी धुलो
४/५ वटा तेजपात
नुन अजिनोमोटो तेल इच्छानुसार ।
बनाउने विधि : भिजाएको राजमालाई कुकरमा २ सिठी लगाउनु । तेल तताई प्याज रातो हुने गरी फ्राई गर्नु । लसुन, गोलभेडा, तेजपात र अन्य मसला राजमामा राखी ४/५ मिनेट भुट्नुस । त्यसपछी केही मनतातो पानी आँफुलाइ चाहिने वा छिपछिप हुने गरी राख्नुस । स्वादिलो राजमा ग्रेवी तयार भयो ।
आशा छ राजमा ग्रेवी बनाउने तरिका अनी कसरी बनाउने स्वादिलो राजमा ग्रेवी ? भन्ने तपाइको प्रश्नको जवाफ पनि यस लेख मार्फत पाउनु भयो होला।