logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

कतारले दियो १७ जना नेपाली कैदीबन्दीलाई आममाफी

स्टिम न्युज वि.सं १२ बैशाख २०७७, शुक्रबार ०६:२७
कतारले दियो १७ जना नेपाली कैदीबन्दीलाई आममाफी

काठमाडौँ। कतार सरकारले विभिन्न कसुरमा त्यहाँको जेलमा रहेका १७ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरुलाई आममाफी दिइ रिहाई गर्न लागिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी उनीहरुलाई आममाफी दिएको दूतावासको भनाइ छ ।

आममाफी पाएर रिहाइ हुनेमा १३ जना लागू औ’षध कारोवारजन्य, २ जना चो’री, १ जना मा’दक प’दार्थ कारोबार र अर्का १ जना ठ’गीको कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरु रहेको दूतावासले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले १७ जना नेपालीलाई आम माफी दिई रिहाई गरेकोमा कतारका प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।

फोनमार्फा भएको कुराकानीमा उनले कतारमा रहेका नेपालीको सुरक्षा बारेमा पनि चाँसो राखेको बताएका छन् ।



Loading...
loading...

Top