logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

भारतमा प्याज बोकेको ट्रक बाटोमै लुटियो

स्टिम न्युज वि.सं १३ मंसिर २०७६, शुक्रबार १३:३०
Blog single photo

काठमाडौं:  प्याजको मूल्य अत्याधिक बढेसंगै बिभिन्न घटना सार्वजनिक हुन् थालेको छ । प्याजको बजारमूल्य भारतमै प्रतिकिलो एक सय भारु पुगेपछि  बिहिबार बाटोमै प्याज लुटिएको  घटना सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार ४० टन प्याज बोकेको ट्रक लुटिएको हो । महाराष्ट्रको नासिकबाट उत्तर प्रदेशको गोरखपुर जाँदै गर्दा प्याज बोकेको ट्रक लुटेराहरूको निशानामा परेको हो । लुटेरा समूहले ट्रक नियन्त्रणमा लिएर सबै प्याज लुटेका हुन् ।

हिन्दूस्तान टाइम्सका अनुसार थोक व्यापारी प्रेम चन्दको प्याज बोकेर उक्त ट्रक नासिकबाट हिँडेको र समयमा ट्रक नपुगेपछि खोजतलास सुरु गरिएको थियो । अनुसन्धानका क्रममा मध्यप्रदेशको शिवपुरी जिल्लामा बिहीबार रित्तो ट्रक फेला परेको थियो ।

रित्तो ट्रक फेला परेको र आवश्यक अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ । प्याजको मूल्य बढेका कारण लुटेराहरुल प्याज लुटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्याज बोकेको एउटा ट्रकबाट लुटेराहरुले बाटोबाटै सबै प्याज लुटेपछि प्याजको ओसारपसारमा समेत चुनौती थपिएको हो । ट्रकका चालक र सहचालकको अवस्था र उक्त घटनामा उनीहरूको भूमिकाबारे केही जानकारी प्राप्त भएको छैन । (एजेन्सी)




Top