logo
  • Monday, December 9, 2019
  • वि.सं २३ मंसिर २०७६, सोमबार

प्याजको मूल्य आकासियो, प्रतिकेजी १ सय ३५ रुपैयाँ

स्टिम न्युज वि.सं १३ आश्विन २०७६, सोमबार १८:४०
Blog single photo

काठमाडौंः नेपाली घरघरमा चाडपर्व सुरुभए संगै काठमाडौं उपत्यकामा प्याजको मूल्य आकासिएर  प्रतिकिलो १ सय ३५ रुपैया पुगेको छ।

भारतले आइतबार प्याज निकासीमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

कालिमाटीमा आइतबार खुद्रा १ सय ५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याज ३० रुपैयाँ बढेर सोमबार १ सय ३५ रुपैयाँमा बिक्री भइरहेको छ ।

नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब दुई सय ७० मेट्रिक टन प्याजको खपत हुन्छ ।

। यसमध्ये कालिमाटीमा ७० मेट्रिक टन, बल्खुमा ३० टन, बानेश्वरमा ३० मेट्रिक टन प्याजको कारोबार हुन्छ। यी तीन बजारबाहेक अन्य तरकारी बजार, थोक र किराना पसलबाट थप ५० मेट्रिक टन प्याजको कारोबार हुन्छ ।




Top