logo
  • Saturday, December 14, 2019
  • वि.सं २८ मंसिर २०७६, शनिबार

पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस, बिबिध कार्यक्रम गरी मनाइँदै

वि.सं ७ श्रावण २०७६, मंगलवार १२:११
Blog single photo

पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस, बिबिध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरी जीवनभर जनताको स्वतन्त्रताका लागि लडाई लडेका थिए ।

१९८१  साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाइ थिए ।

स्वर्गीय पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेर राजनीतिक सन्देश दिदै आफ्नो जीवनभर संगठन विस्तारमा लागेका थिए।

उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान दिएका थिए ।

निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०२५ सालमा अगाडि सार्ने पहिलो नेता  पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।




Top