logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

पूर्वराजा शाहद्वारा प्रधानमन्त्री ओलीको सिघ्र स्वास्थ्य लाभको कामना

स्टिम न्युज वि.सं १० मंसिर २०७६, मंगलवार २२:५२
Blog single photo

काठमाण्डाैः  उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्ना नीजि सचिव पशुपतिभक्त मर्हजन मार्फत सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

पूर्वराजा शाहको स्वास्थ्य लाभको सन्देश लिएर सचिव मर्हजन मंगलवार मनमोहन अस्पताल पुगी प्रधानमन्त्री ओलीलाई भेट गर्नु भएको र सो अवसरमा पूर्वराजाको तर्फबाट स्वास्थ्य लाभको कामना गरेको सन्देश सुनाएर फर्कनु भएको थियो ।

पूर्वराजा शाहको प्रतिनिधित्व गर्दै सचिव मर्हजनले प्रधानमन्त्रीको उपचार र स्वास्थय अवस्थाबारे जानकारी लिनु भएको थियो । पूर्व महाराजाबाट प्रधानमन्त्री ओलीको सिघ्र पूर्ण स्वास्थय लाभको कामना पनि गर्नु भएको थियो ।

स्वास्थ्यमा अचानक आएको समस्याले मंगलवार बिहान देखि नै प्रधानमन्त्री महाराजगन्जस्थित मनमोहन अस्पतालमा उपचाररत हुनुहुन्छ । प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।




Top