logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

पुडासैनी मृत्यु प्रकरण: हत्या कि आत्महत्या? पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्ने तयारी

स्टिम न्युज वि.सं २ भाद्र २०७६, सोमबार ०८:५४
Blog single photo

भरतपुर। पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टमको रिपोर्ट आइतबार साँझ चितवन आइपुगेको समाचार छ । पुडासैनीको पोष्टमार्टम रिपोर्ट आइतबार साँझ चितवन आइपुगेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

उनले पोष्टमाटम रिपोर्ट आइपुगे पनि अध्ययन हुन बाँकी रहेको बताए । सम्भवत साेमबार रिर्पाेट सार्वजनिक गर्ने प्रहरीकाे तयारी छ । यसअघि नै भिडियोको डिजिटल ल्याब रिपोर्ट चितवन आइसकेको थियो ।

आइतबार नै पुडासैनीका पीडित परिवारले दिएको किटानी जाहेरीको पत्र पनि चितवन आइपुगेको एसपी मल्लले बताए । मल्लका अनुसार पुडासैनीका परिवारजनले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत रवि लामिछानेसहित प*क्राउ परेका पत्रकार युवराज कँडेल र स्टाफ नर्स अस्मिता कार्कीबिरुद्ध कि*टानी जा*हेरी दिएका थिए ।

स्वर्गीय पुडासैनीकी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उ*जुरी दिएकी हुन् । प्रहरीले घटनाका सम्बन्धमा गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।




Top