बिबिध कार्यक्रम गरी मनाइयो पृथ्वी जयन्ती (फोटो सहित )

0
मनाइयो पृथ्वी जयन्ती
Advertisement

बिबिध कार्यक्रम गरी मनाइयो पृथ्वी जयन्ती (फोटो सहित )

काठमाडौँ । आज राष्ट्रिय एकता दिवस तथा राष्ट्र निर्माता राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाइएको छ। यसैक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरवार पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

पृथ्वी जयन्तीको अवसरमा र्‍याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो । पृथ्वी नारणण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको स्मरणमा पृथ्वी जयन्ती मनाउने गरिएको छ  ।

यद्यपी पृथ्वी जयन्तीमा सरकारले यसअघि विदा दिने निर्णय गरेपनि हाल कटौती गरेको छ । उता नेपालगञ्ज उपमहानगरपालिका ले स्थानीय क्षेत्रमा बिदा दिएको थियो ।

Facebook Comments