logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

विप्लवका छोरा प्रकाश चन्दसहित १५ विद्यार्थी चितवनबाट पक्राउ

स्टिम न्युज वि.सं २५ भाद्र २०७६, बुधबार ११:५८
Blog single photo

काठमाडौं : चितवन मेडिकल कलेजबाट नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।  ‘विप्लव’का छोरा  सहित१० जना युवा र ७ जना युवती  सहित १५ जना विद्यार्थी पक्राउ परेका छन्।

चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबिचको झडपमा उनीहरुलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको हो । चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी गरिएको आन्दोलनको अगुवाइ प्रकाशले गर्दै आएका थिए ।

उनिहरुले तोकिएको भन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखी आन्दोलन गर्दै आएका छन्।

प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




Top