logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

पक्राउ परेका विप्लवका छोरा प्रकाश चन्दसहित १५ विद्यार्थी रिहा

स्टिम न्युज वि.सं २६ भाद्र २०७६, बिहीबार १२:३०
Blog single photo

काठमाडौं: चितवन मेडिकल कलेजबाट पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई प्रहरीले रिहा गरेको छ।  ‘विप्लव’का छोरा  सहित पक्राउ परेका १५ जना विद्यार्थीहरुलाई प्रहरीले रिहा गरेको हो।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी गरिएको आन्दोलनको अगुवाइ प्रकाशले गर्दै आएका थिए । उनिहरुले तोकिएको भन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखी आन्दोलन गर्दै आएका छन्।

अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।




Top