logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

लागुऔषध कारोबारी र गुण्डागर्दीमा संलग्नलाई पक्रन प्रहरीले गोलि चलाउदा एक घाइते

वि.सं २९ जेष्ठ २०७६, बुधबार १४:०५
Blog single photo

लागुऔषध कारोबारी र गुण्डागर्दीमा संलग्नलाई पक्रन प्रहरीले गोलि चलाउदा एक घाइते

काठमाडौं– लागुऔषध कारोबारी र गुण्डागर्दीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न पोखरामा प्रहरीले गोली चलाएको छ।

पोखराको उत्तमचोकमा लागुऔषध कारोबारी जोन र बिगी भनेर चिनिने गोविन्द थापालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

गोलि लागि थापा घाइते भएका छन् । उनको दायाँ घुँडामा गोली लागेको बताइएको छ।

गोली प्रहारबाट घाइते थापाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

थापा यसअघि सन् २०१४ देखि २०१८ सम्म कतारमा लागुऔषध मुद्दामा जेल बसेर छुटेका व्यक्ति भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

४ वर्ष कतारमा जेल सजाय भोगेका थापा कतारबाट जेलमुक्त भएपछि नेपाल आएर  पोखरा आसपासमा गुण्डागर्दी तथा लागुऔषध कारोबारमा संलग्न रहेको बताइएको छ ।

एक वर्ष अघि उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको समेत प्रहरीले जानकारी दिएको छ ।

लागुऔषधको अखडाबारे जानकारी पाएपछी प्रहरीले छापा मार्न जादा प्रहरी माथिनै आक्रमण भएपछी प्रहरीले प्रतिकारमा गोलि चलाएको बताइएको छ ।

उनको साथबाट डाइजोपाम, नुर्फिन र फेनार्गन गरी १५ सय एम्पुल लागुऔषध बरामद भएको छ।




Top