logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

सिरहामा प्रहरी हिरासत बाट ७ थुनुवा फरार

महेश सिंह वि.सं १५ मंसिर २०७६, आईतवार ०८:५५
Blog single photo

मंसिर: सिरहाको एक प्रहरी कार्यालयबाट सात जना थुनुवा फरार भएका छन् । शनिबार राति ७ः३० बजेतिर उनीहरु प्रहरी कार्यालयको थुनुवा बाट उमकिएका हुन् । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा थुनिएका आठ जनामध्ये सात जना फरार भएका हुन् ।

लक्ष्मीपुर गाउँपालिका ५ स्थित रहेको इलाका प्रहरी कार्यालयबाट उनीहरुले प्रहरीको आँखा छलेर भाग्न  सफल भएका छन् । बेलुकाको खाना खुवाउने समयमा उनीहरू फरार भएको बताइएको छ । फरार हुनेमा लागु औषधका ६ जना र बहुविवाह मुद्दाका एक जना थुनुवा रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले आधिकारिक जानकारी नआएको  बताए ।




Top