logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

स्वास्थ्य उपचारको लागी प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान, प्रमको कार्यभार पोखरेललाई

स्टिम न्युज वि.सं ५ भाद्र २०७६, बिहीबार १५:०९
Blog single photo

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनी थाइ एयरको विमान मार्फत सिंगापुर प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गत साउन १८ गते सिंगापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर साउन २७ गते काठमाडौं फर्केका थिए । परीक्षणमा संलग्न चिकित्सकको सुझाव अनुसार थप परीक्षणका लागि प्रधानमन्त्री पुन त्यसतर्फ गएका हुन् ।

पछिल्लो समय प्रधानमन्त्रीको एकदशक अघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या देखिएको बताइएको छ । चिकित्सकहरुले उनलाई मृगौला पुन प्रत्यारोपण गर्ने सुझाव समेत दिएका छन् । उनी भदौ २० गते स्वदेश फर्किने तालिका छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोक्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।




Top