logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

बेलायतमा समयअघिनै आमनिर्वाचन गराउने प्रधानमन्त्री जोनसनको प्रस्ताव अस्वीकृत

स्टिम न्युज वि.सं १९ भाद्र २०७६, बिहीबार १०:०३
Blog single photo

बेलायत : बेलायतमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरेका छन् ।

हाउस अफ कमन्समा भएको मतदानमा आमनिर्वाचनको पक्षमा आवश्यक दुई तिहाइ मत ल्याउन नसकेपछि  प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत भएको हो ।  जोन्सनले ल्याएको प्रस्तावको पक्षमा २९८, विपक्षमा ५६ र मत नदिने सांसदको संख्या २८८ रह्यो ।

प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए । प्रस्ताव पारित हुन सदनको दुई तिहाइ अर्थात् ४ सय ३४ मत  ल्याउनुपर्ने थियो ।

सांसदहरूले सहमति विनाको ब्रेक्जिटलाई रोक्न सक्ने विधेयक पारित गरेपछि आमनिर्वाचनका लागि प्रधानमन्त्री जोनसनले संसद्मा प्रस्ताव पेश गरेका थिए । यसअघि सांसदहरूले सहमति विनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित गरेका थिए ।




Top