पुलिसद्वारा आर्मी पराजित, प्रधानमन्त्री कप प्रतियोगिताको उपाधि पुलिसलाई

प्रधानमन्त्री कप
Advertisement

पुलिसद्वारा आर्मी पराजित, प्रधानमन्त्री कप प्रतियोगिताको उपाधि पुलिसलाई

काठमाण्डौ: नेपाल पुलिस क्लब प्रधानमन्त्री कप प्रतियोगिताको बिजेता बनेको छ।

त्रिभुवन आर्मी क्लबलाई फाइनलमा ४ विकेटले हराउँदै प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेकाे हाे ।

कीर्तिपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको आर्मीले ३३ दशमलव ३ बलमा १ सय २५ रनमात्र बनाउन सकेको थियो ।

आर्मीका लागि राजु रिजालले ३२ र सोमपाल कामीले ३५ रन बनाउनु बाहेक अन्य खेलाडी राम्रो प्रदर्शन गर्न नसक्दा त्रिभुवन आर्मी क्लबल सस्तैमा समेटिएको थियो ।

आर्मीका लागि रोहित पौडेलले १८ र भिम सार्कीले २० रन जोडेका थिए ।

आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका पवन सरार्फ र ललितनारायण राजवंशीले कसिलो बलिङ गरे ।

पवनले ७ ओभरमा ४ मेडन राख्दै १२ रन खर्चेर ४ विकेट लिदा ललितले ९ दशमलव ३ ओभर बलिङ गर्दै १ मेडनसहित ३६ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सागर ढकालले पनि १ विकेट हात पारे ।

१२६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४० दशलमव ३ बलमा बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । सुरुवातमै विकेट गुमाएपनि त्यसपछि सम्हालिएर खेल्दा पुलिसले ४ विकेटको जीत हासिल गर्न सक्यो ।

दुई रनमा पहिलो विकेट गुमाएर खराब शुरुवात गरेको पुलिसले त्यसपछि अमीत र सुनील धमलाबीच दोस्रो विकेटका लागि ५२ रनको साझेदारीमार्फत जीतको बाटो तय गरेको थियो ।

पुलिसका अनिल शाह मात्र दुई रनमा आउट हुँदा अमित श्रेष्ठले ४४ रनको पारि खेलेका थिए ।

पुलिसका लागि सुनील धमलाले अविजित ४२ रन बनाउदै प्रधानमन्त्री कप प्रतियोगिताको उपाधि पुलिसको पोल्टामा ल्याए ।

आर्मीका लागि बलिङतर्फ करण केसीले तीन तथा साहब आलमले दुई विकेट लिएपनि आर्मीको हार टार्न सकेनन् ।

Facebook Comments