logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

काँग्रेसको प्रस्ताव: प्रदेश २ को नाम ‘मिथिला–भोजपुरा’ राजधानी जनकपुधराम

स्टिम न्युज वि.सं ५ भाद्र २०७६, बिहीबार १७:३६
Blog single photo

जनकपुरधाम । प्रदेश २ को नाम ‘मिथिला–भोजपुरा’ र राजधानी जनकपुधराम उपमहानगनरपालिका राख्न प्रतिपक्षी दल  नेपाली कांग्रेसले प्रस्ताव पेश गरेको छ ।

प्रदेशसभा सचिवालयमा प्रदेश २ को नाम मिथिला भोजपुर र राजधानी जनकपुरधाम उपमहानगरपालिका भित्रलाई राख्ने गरी बिहीबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रस्ताव पेश गरेको हो ।

नामका प्रस्ताव काँग्रेसका प्रदेश सांसद नरेश कुमार यादवले पेश गरेका छन् , भने र राजधानीको प्रस्ताव काँग्रेस संसदीय दलका नेता रामसारोज यादवले गरेका हुन्।

प्रदेश २ सभामा १९ जना सांसद रहेको कांग्रेसले  यस अघि मिथिला प्रदेशको वकालत गर्दै आएको भए पनि आज प्रस्ताव गर्दा भोजपुरालाई समेत समेटेर लिखित दर्ता गराएको छ ।




Top