logo
  • Thursday, August 22, 2019
  • वि.सं ५ भाद्र २०७६, बिहीबार

नेकपा प्रदेशसभा सचेतकको घरमा पेट्रोल बम प्रहार

स्टिम न्युज वि.सं ३१ श्रावण २०७६, शुक्रबार ०९:१८
Blog single photo

बुटवल साउन ३१।  प्रदेश नम्बर ५ प्रदेश सभाका नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बिहिबार राति पेट्रोल बम प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहिका अनुसार ढकालको घरमा पेट्रोल बम प्रहार भएको हो ।

सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको ढकालको घरमा प्रहार गरिएको पेट्रोल बमबाट घरमा राखिएको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख हृदय थापाले पेट्रोल बमबाट घरमा पार्किङ गरि राखिएको गाडिको पछाडीको भागमा क्षति पुगेको बताए ।

ढकाल बिरामी परेर उपचारका लागि काठमाडौमा रहेका छन् । घरमा ढकालकी पत्नी, बाबु-आमा लगायत रहेका थिए । प्रहरीले बम प्रहार गर्ने व्यक्ती र समुहको खोजी गरिरहेको जनाएको छ ।




Top