logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

प्रचण्डको हत्या गर्ने योजना नभएको विप्लप नेतृत्वको नेकपाको प्रस्टोक्ति

वि.सं २ चैत्र २०७५, शनिबार ०८:३१
Blog single photo

प्रचण्डको हत्या गर्ने योजना नभएको विप्लप नेतृत्वको नेकपाको प्रस्टोक्ति

सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपाले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को हत्या गर्ने आफ्नो कुनै योजना नरहेको प्रष्टीकरण दिएको छ ।

विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य ओम पुनले प्रचण्डले गरेको दाबी झुटो भएको बताए । उनले भने ‘प्रचण्ड शान्ति प्रक्रियामा आएपछि आफुलाई साम्राज्यवादीहरुले हत्या गर्न खोजेको भन्थे अब त्यो हत्या गर्ने योजना हामीमाथि थोपर्दै छन् । यो उनको पुरानै बानी हो ।’ आफुहरु जनक्रान्तिको बाटोमा लागेको बताउदै उनले यो वेला कुनै व्यक्ति र संस्थामाथि आक्रमण गर्ने नीति नभएको बताए ।

‘यो बेला हाम्रो कुनै व्यक्तिमाथि हत्या गर्ने योजना छैन, नीति पनि छैन,’ उनले भने । सरकारले आफ्ना नालायकीपन ढाकछोप गर्न नचाहिदो आरोप लगाउन थालेको उनले दावी गरे ।

पोलिटब्युरो सदस्य पुनले सरकारले वार्तामा आए रातो कार्पेट ओछ्याउने आश्वासन दिएर दमन गर्ने योजना बनाएको उनको दावी छ । ‘सरकारले वार्तामा आए रातो कार्पेट ओछ्याउने भनेको हामीमाथि दमन गर्नेे योजना हो, ’ पुनले भने । सरकार आफैले लगाएको प्रतिबन्धमाथि पनि २४ घण्टा टिक्न नसकेको उनले आरोप लगाए । आफैले प्रतिबन्ध लगाएको पार्टीलाई २४ घण्टामा नै रातो कार्पेट ओछ्याउँछौ आउ भन्नु सरकारको नालायकीपन हो उनी भन्छन् ।

पुनले भने आफ्नो पार्टीका गतिविधिमाथि इन्डो अमेरिकी साम्राज्यवादको डिजाइनमा प्रतिवन्ध लगाएको आरोप लगाए । उनले भने, ‘देश टुक्र्याउने अभियानमा लागेको सिके राउतलाई इन्डो अमेरिकी साम्राज्यवादको डिजाइनमा वार्ता गरेको र आफुहरुमाथि प्रतिवन्ध लगाएको हो ।’

उनले यथाअवस्थामा सरकारले वार्तामा वोलाएपनि नआउने प्रष्ट पारे । वार्ताका लागि सरकारले पहिला बैज्ञानिक समाजबादमा जाने प्रतिबद्धता जनाउनुपर्ने उनको तर्क छ । तर वैज्ञानिक समाजवादवारे व्याख्या गर्न भने उनले चाहेनन् । सरकारले भौगोलिक अखण्डता बचाउन नसकेको, जनताको जनचाहना अनुसार काम गर्न नसकेको, विदेशीको आड भरोसामा नेपालीमाथि दमन गर्न थालेको आरोप पुनले लगाए ।




Top