logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

संघर्षपूर्ण खेलमा नेदरल्यान्डलाई हराउदै पोर्चुगल बन्यो युइएफए नेसन्स लिगको विजेता

वि.सं २७ जेष्ठ २०७६, सोमबार ०९:४२
Blog single photo

संघर्षपूर्ण खेलमा नेदरल्यान्डलाई हराउदै पोर्चुगल बन्यो युइएफए नेसन्स लिगको विजेता

संघर्षपूर्ण खेलमा नेदरल्यान्डलाई हराउदै पोर्चुगलले युइएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ ।

पोर्चुगलको पोर्टोमा आइतबार राति भएको फाइनल खेलमा नेदरल्यान्डलाई १–० गोलले हराउँदै पोर्चुगल च्याम्पियन बनेको हो ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले सन् २०१६को युरोकप पछि ठूलो प्रतियोगिता जितेको यो पहिलो पटक हो ।

पोर्चुगलको जीतको लागि गोन्कालो गुइडेसले निर्णायक गोल गरेका थिए ।

बर्नाडो सिल्भाको पासमा गोन्कालोले खेलको ६०औं मिनेटमा गोल गर्दै पोर्चुगललाई उपाधि दिलाए ।

खेलको सुरुवातदेखिनै आक्रामक फुटबल खेलेको पोर्चुगललाई गोल गर्न भने निकै कठिन परेको थियो ।

पोर्चुगलका स्टार खेलाडी रोनाल्डोको एक पछी अर्को प्रहारलाई नेदरल्यान्डका रक्षकले विफल पारेका थिए ।

त्यस्तै तेस्रो स्थानमा लागि आइतबार रातिनै भएको खेलमा इङ्ल्यान्डले स्विट्जरल्यान्डलाई सडनथेडमा ६–५ गोलले हरायो ।

निर्धारित र अतिरिक्त समयमा समेत गोल रहित बराबरीमा खेल सकिएपछी खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछी सडनथेडमा पुगेको खेलमा इङ्ल्यान्डले बाजी मार्दै तेस्रो स्थान हासिल गर्यो ।




Top