logo
  • Tuesday, November 24, 2020
  • वि.सं ९ मंसिर २०७७, मंगलवार

स्वास्थ्य राजनीति र अबको पाईला।

छिरिंग तामांग वि.सं २० भाद्र २०७७, शनिबार १२:०२
स्वास्थ्य राजनीति र अबको पाईला।

डा.सन्दुक रुईत।यो नाम नेपालमा मात्र हैन विश्वमै आँखाको उपचारको क्षेत्रमा काम गरिरहेकाहरुको लागी कुनै नौलो नाम होईन।डा. रुईतले आँखाको रोग मोतिविन्दु भएका मानिसहरुका लागि उपयोगी ‘ईन्ट्राअकुलर लेन्स’ आफ्ना अर्का डाक्टर मित्र डा.हेलोज संग मिलेर सन् १९८६ तिर नेपालमै बनाएका थिए।डा. रुईतहरुले यो लेन्स नेपालमा बनाउने बेलामा विश्वमा यो लेन्सको मुल्य २०० डलर पर्थ्यो।त्यसकारण मानिसहरुलाई मोतिविन्दुको शल्यक्रिया पछि मोटो ढ्याब्रे चश्मा दिईन्थ्यो।जस्को प्रयोगले दैनिक कार्य गर्न असजिलो हुन्थ्यो। फेरी मोतिविन्दु रोग विश्वमै धेरै मानिसलाई हुने रोग मध्येमा पनि पर्छ।

नेपालमा डा. रुईतले यो लेन्स बनाउनुको एउटा कारण विदेशी बजारमा यो लेन्स धेरै महँगो पर्थ्यो। त्यसैले सर्वसाधारण व्यक्तिले पनि किन्न सकिने गरी कम लागतमा राम्रो गुणस्तरको लेन्स नेपालमै उत्पादन गर्न उनका मित्र डा.हेलोजले सल्लाह दिएँ।दुवै मिलेर लेन्स बनाएपछि यस्को मुल्य नाफा राखेर पनि मात्र ३ डलरमा आईपुग्यो।विश्वमा बेचिने लेन्स र नेपालमा बनाईएको लेन्सको मुल्यमा १९७ डलरको फरक पर्यो।यति रकम त्यो बेलामा एउटा आम नेपालीको ६ महिनाको कमाई बराबर हुन्थ्यो।यति सस्तोमा नेपालमै लेन्स बनेको खबर फैलिएपछि विश्वभरका आँखाको क्षेत्रमा काम गर्नेहरु बिच खैलाबैला नै भयो।

त्यसपछि International Agency of Prevention of Blindness (IGPB) (आँखाको रोगको क्षेत्रमा काम गरिरहेको संस्थाहरुको अन्तराष्ट्रिय छाता संगठन ) ले नेपालको याक एन्ड यती होटलमा विश्व स्वास्थ्य संगठन(WHO) का प्रतिनिधिहरुको उपस्थितिमा अमेरिका,अष्ट्रेलिया,भारत लगायत विश्वभरका आँखाको उपचारमा संलग्न डाक्टर र संस्थाहरु बोलाएर एउटा कार्यक्रम गर्यो।उक्त कार्यक्रममा नेपालको तर्फबाट डा.रुईत र डा.हेलोजले संयुक्त रुपमा १५० जनाको मोतिविन्दुको शल्यक्रिया पछि ईन्ट्राअकुलर लेन्स विश्व बजारमा भन्दा सस्तो मुल्यमा बनाएर प्रयोग गरेको र त्यो सफल भएको प्रतिवेदन पेश गर्यो।फोटोहरु र विवरण पनि देखायो।

एकैछिन त हलमा पुरै सन्नाटा छायो।त्यसपछि भने सबैले उनीहरुलाई गाली गरे।WHO को प्रतिनिधिले त तिमीहरुले मनलाग्दी यसरी लेन्स बनाउने , यस्को गुणस्तर चेक कसले गर्यो? भनेर हप्काए।अनि डा.रुईत र हेलोज आफ्नो स्थानबाट उठेर “तिमीहरु आफ्नो तरिका ले गर्नु हामी आफ्नो तरिकाले गर्छौ “ भनेर च्यालेन्ज नै गरेर कार्यक्रम को बिचबाटै निस्केर हिडेका थिएँ। यी कुराहरु रुईतले आफ्नो आत्मवृतान्त पुस्तक र केही अन्तरवार्ताहरुमा भन्नु भएको छ।

अहिले पनि नेपालको गाउँघरमा कुनै चिजले काटेर रगत बग्यो भने बेटाडिन(रातो औषधी) को सट्टा मान्छेहरु स्थानीय वनमारा लगायतका झारपात खोज्न तिर लाग्छन्।सर्पले टोकेको उपचार पनि प्राकृतिक जडीबुटीबाटै गरिन्छ।नेपालकै नेवार समूदायमा हात खुट्टा मर्किदाँ,चर्किदाँ र भाँचिदा विभिन्न जडीबुटी मिलेर बनेको लेप लगाएर नेपाली कागजले छोपेर राख्ने उपचार गर्ने पद्धति आजपनि कायम छ।

डा.रुईतहरुले बनाएको त्यो लेन्स लगाउन र नेपालको उपचार लिन विदेशबाट विमारीहरु समय लिएर काठमाण्डौंमा रहेको तिलगंगा आँखा अस्पताल आउने गर्छन।द.अफ्रिकाको स्वास्थय विभागको गुणस्तर मापनमा अमेरिकामा बनेको लेन्स पछि नेपालमा बनेको लेन्स दोस्रो नम्बरमा आउँछ।चिनको औषधीको गुणस्तर मापन गर्ने संस्थाले भारतिय उप-महाद्धिपका देशहरुमा बन्ने लेन्सहरुमा नेपालमा बनेको लेन्सलाई मात्र मान्यता दिएको छ भने चिनमा मोतिविन्दुको शल्यक्रिया पछि प्रयोग गरिने ईन्ट्राअकुलर लेन्स मा ५% नेपालबाट आयातित नेपालमा बनेको लेन्स प्रयोग हुन्छ।

**********

चैतमा लकडाउन सुरु भएपछि काठमाण्डौं मा बस्ने बहिनी र म गाउँ आयौँ।लकडाउन लम्बिदैं गर्दा गाउँ तिरै समय बित्दै छ।यसै बिच साउनको पहिलो हप्ता तिर बहिनीको किराले खाएको एउटा दाँत बेस्सरी दुख्न थाल्यो।केही दाँत पहिले नै निकालेको भएपनि उक्त दाँत ननिकाल्दा पिडा बल्झियो।गाउँ नजिकै रहेको क्लिनिकमा गएर ब्रुफिन सहित नदुख्ने औषधी खुवाईयो र हप्ता दिन जस्तो मा दुख्न हरायो।

दुखाई कम भएको तीन/चार दिनमै फेरी दाँत दुख्यो भनेर बहिनी कराउन थालिन।लकडाउन खुकुलो थियो।त्यसैले सदरमुकाम गएर अस्पतालमा देखाएर दाँत निकाल्नु पर्यो भनेर तयारी भयो।अस्पताल हिड्नै लाग्दा गाउँकै अलिअलि झारफुक गर्ने मामा ले म अहिले फुक्दिन्छु।एक घण्टा जति कुर्नु नभए अस्पताल जानु भन्नु भयो।

सहरमा नै हुर्किएका हामी दुवैका निम्ती यो पत्याउने सकिने कुरा थिएन।तर महामारीको बेला अस्पताल सम्म जानै नपरे वेसै हुन्छ भनेर हुन्छ भनेर पर्खियौ।लगभग एक-डेढ घण्टामा बहिनीको मलिन अनुहार उज्यालो भयो।दुखाई हरायो भन्यो।हामी त छक्क पर्यौं।त्यसपछि अहिले १ महिना हुन लाग्यो फेरी दुखेको पनि छैन।

**********

मानव उत्पतिको ईतिहाँस ७५ हजार वर्ष अगाडीको हो।त्यस्तै विभिन्न मानव सभ्यताहरुको सुरुवात ९ देखी १२ हजार वर्ष अगाडी बाट भएको प्रमाणित तथ्यहरु पाईन्छ।मानव को उत्पति देखी सभ्यताको विकास हुँदै एक्काईसौं शताब्दी सम्म आईपुग्दा कुनै पनि रोगको उपचारको लागि औषधिको रुपमा एलोपेथिक विधि अन्तर्गतको औषधी दिने चलन भने लगभग २७० वर्ष अगाडी १८औं शताब्दीको मध्य तिर बाट मात्र भएको हो।

त्यसो भए के एलोपेथिक औषधि उपचार विधि सुरु हुनुभन्दा अघि मानिससंग रोग पनि थिएन र कुनै औषधी पनि थिएन त? त्यसो त पक्कै हैन।मानिसको उत्पति देखी नै कुनै न कुनै रोग अझ अहिलेको कोराना भन्दा बढी डरलाग्दो महामारीको स्तरका समेत वितेका केही सय वर्षमा भएको प्रमाणहरु छरपस्ट छन।ती सबै रोगहरुको उपचार कसरी संभव भयो त त्यसो भए?

अहिले पनि नेपालको गाउँघरमा कुनै चिजले काटेर रगत बग्यो भने बेटाडिन(रातो औषधी) को सट्टा मान्छेहरु स्थानीय वनमारा लगायतका झारपात खोज्न तिर लाग्छन्।सर्पले टोकेको उपचार पनि प्राकृतिक जडीबुटीबाटै गरिन्छ।नेपालकै नेवार समूदायमा हात खुट्टा मर्किदाँ,चर्किदाँ र भाँचिदा विभिन्न जडीबुटी मिलेर बनेको लेप लगाएर नेपाली कागजले छोपेर राख्ने उपचार गर्ने पद्धति आजपनि कायम छ। भारतिय उप-महाद्धिपमा पर्ने नेपाल, भारत लगायतका देशहरुमा त प्राकृतिक तथा आयुर्वेदिक उपचार विधि हजारौ वर्ष देखी प्रयोग भईरहेको नै छ।जातिय र साँस्कृतिक विविधताले गर्दा यस उप-महाद्वीप भित्र विभिन्न आदिवासी-जनजाती लगायतका जातजातीहरुको पनि आफ्नै उपचार विधि पाउन सक्छौं।

महामारीकै स्तरमा आएका रोगहरु त मान्छेले आफ्नै रोग प्रतिरोधात्मक क्षमताले जितेको तथ्य हामी माझ छन।नेपालकै तराई क्षेत्रमा पनि औलो रोग पचाएर बाँचेको ठुलो समुदाय थारु हो । यसका अलावा अन्य रोगहरुका लागि पनि विश्वका विभिन्न समयमा विकसित भएका सभ्यता र त्यसबाट विकास भएका उप-सभ्यताहरुका आ-आफ्नै जीवनदर्शन,संस्कृति,परम्परा,आर्थिक ढाँचा,बाजागाँजा,औषधी उपचार विधि थियो भन्ने कुरा अध्ययनका क्रममा पाउन सक्छौं।

आज विश्वभर प्रचलित भएको एलोपेथिक विधि गलत हो भन्ने तर्क मेरो होईन।तर भईदियो के भने १८ औं, १९औं र २०औं शताब्दीको मध्यसम्म उत्कर्ष मा रहेको पश्चिमा राष्ट्रहरु र त्यसमा पनि विशेष गरी बेलायतले आफ्नो साम्राज्य विस्तार गर्ने क्रममा विश्वरभर आफ्नो हिसाबको रहनसहन,खानपिन,लवाई,उपचार विधि लगायता आफ्ना संस्कृतिका हरेक कुराहरु लादिदिएँ।दोस्रो विश्वयुद्ध पछि त विस्तारै यी कुराहरु भुमण्डलीकृत दलाल पुँजीवाद मार्फत विश्व बजारमा नै पुर्याईयो।युरोपियनहरुले जे खान्छन,जस्तो लाउछन,जस्तो बाटोघाटो र सहर निर्माण गर्छन,उनीहरुको संस्कृतिको सबै हिस्सालाई नै अरु विकासशील राष्ट्रले मान्न बाध्य बनाईयो।उनीहरुले जे लाई विकास भने हामीले त्यसैलाई ठिक मान्दै आयौं।होला उनीहरुको वातावरण र सभ्यता विकासका चरणहरुमा ती कुराहरु ठिक थिए होलान तर विल्कुल फरक सभ्यता बाट आएका,फरक सांस्कृतिक जिवन भएका,वातावरण नै फरक भएका विश्वका अन्य कुनाका मानिसहरुले पनि ती कुराहरु उपनिवेशको धंगधंगिले मान्ने थाले।आज आईपुग्दा त भुमण्डलीकृत दलाल पुँजीवादले गर्दा सर्वस्वीकार्य जस्तो गरायो।

युरोप बाहेक विश्वका अन्य देशले त आफ्ना प्राकृतिक उपचार विधिहरु,आयुर्वेदिक औषधीहरु वा अरु उपचार विधिको विकास बारे त उल्लेख्य रुपमा खोज गर्ने,अनुसन्धान गर्ने काम नै गरेनन।१९५० को दशक भन्दा अघि यस्तो खोजी गर्न उपनिवेश वादले दिदैन थियो भने त्यसपछि नाफामुखी वहुराष्ट्रिय कम्पनीहरुको रजगज भएको भुमण्डलीकृत दलाल पुँजीवाद ले दिएन।

हाल विश्वभर महामारी भनिएको कोरोना भाईरसको उपचारको लागि पनि एलोपेथिक उपचार विधिकै भर परिरहेका छौ।त्यसैबाट कहिले खोप वा कुनै औषधी कहिले बन्ला भनेर कुरिरहेका छौ।तर हाम्रो ध्यान यतातिर त गएकै छैन कि के हाम्रा जडीबुटीहरु/प्राकृतिक उपचार विधिहरु ले चाही यो रोगको उपचार संभव छैन होला र?यस बारे खै अनुसन्धान गरिएको ?

अन्त्यमा,
मेरो बहिनीको दाँतको घटना केवल एउटा संयोग मात्र पनि हुन सक्छ।सम्झिनुपर्ने कुरा के हो भने धामी,झाक्री का परम्परागत विधीहरु,प्राकृतिक र आयुर्वेदिक औषधीहरु हिजो अस्ति का हैनन।यी त मानव सभ्यता संगै निर्माण भएर हजारौं वर्ष देखी अभ्यास भईरहेका छन।

विश्वमा नै सबैभन्दा ठुलो सफेदधन्दा (माफियागिरी) औषधीको क्षेत्रमा हुन्छ।यो नलुकेको सत्य हो।जसबाट विश्वका पुँजीवादी मुलुकहरुका वहुराष्ट्रिय कम्पनिहरुले मनग्गे आम्दानी गरिरहेका छन।एउटा रोग बढ्नु भनेको एउटा औषधी बढ्नु पनि हो र त्यो औषधी विश्वभरका मान्छेको केही प्रतिशत ले मात्र प्रयोग गर्ने हो भने सोच्नुहोस कति मुनाफा हुन्छ र आजको मुनाफामुखी विश्वमा यसबारे कति चलखेल हुन्छ होला?

नेपालकै डा. रुईतको उदाहरणले पनि यसलाई प्रमाणित गर्छ।के गुणस्तरमा पनि अब्बल र सस्तो अन्ट्राकुलर लेन्स १९८९ मा WHO ले नेपालमा उत्पादन भएकोमा आपत्ति जनाउनु के ‘क्लिनिकल ट्रायल’ को कारणले मात्र हो त?उत्तर स्पष्ट छ।पक्कै त्यसो मात्र हैन किनभने मुख्य कारण त्यही १९७ डलर नाफाको थियो भन्न कुनै संसय मान्नु पर्छ जस्तो लाग्दैन। यो संस्था विश्वभरको प्राणीको हितको लागी भन्दा औषधी र रोग दुवै एकसाथ उत्पादन गर्ने ठुला-ठुला बहुराष्ट्रिय औषधी उत्पादन कम्पनीको मुनाफाको हिस्सेदार मात्रै हो।

कोरोना महामारीको बिचमा पनि WHO को कार्यशैली प्रति व्यापक आलोचना भईरहेका छन। ४ दर्जन भन्दा बढि राष्ट्रले WHO ले जारी गरेको स्वास्थय मापदण्ड मान्न ईन्कार गरेको छ।विभिन्न राष्ट्रका चिकित्सकहरुले विभिन्नखाले दावा गरिनै रहेका छन।त्यसैले नेपाल , भारत वा अन्य देशहरुले पनि आफ्नो मौलिक उपचार विधिहरुको वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्छ र सिमित वहुराष्ट्रिय कम्पनीको हातमा रहेको विश्वकै मानव स्वास्थ्यमा परिवर्तनकारी फड्को मार्नैपर्ने अवस्था आईसकेको छ।

मैले यसो भन्दै गर्दा हाम्रो परम्परागत उपचार विधिहरु वा विश्वका अन्य कुनाका उपचार विधिहरु शतप्रतिशत एलोपेथिक भन्दा राम्रो हुन्छन भन्ने दावा हैन।मेरो ध्येय त अहिले सम्म राम्रो संग अनुसन्धान नभएको विश्वका सबै क्षेत्रका उपचार विधिहरु र औषधीहरु बारे वैज्ञानिक अध्ययन शुरु गरियोस भन्ने हो।जसले गर्दा मानिसहरुले उपचार विधिमा पनि आफुले चाहे अनुसारको सुविधा लिन पाओस।प्राय कुरामा छनोटको सुविधा रहेको विश्वमा मानिसको स्वास्थ्य संग संबन्धित गम्भिर विषयमा पनि छनोट सुविधा हुनु मानव हितकै लागि फलदायी हुनेमा दुईमत नहोला।



Loading...
loading...

Top