logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै प्रहरी जवानद्वारा आफैँमाथी गोली प्रहार

स्टिम न्युज वि.सं २ फाल्गुन २०७६, शुक्रबार १२:४६
प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै प्रहरी जवानद्वारा आफैँमाथी गोली प्रहार

सिन्धुलीः सिन्धुलीमा एक प्रहरीले आफैंमाथि गोली प्रहार गरेका छन् । महोत्तरी घर भई हाल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैंमाथि गोली प्रहार गरेका हुन् ।

आफैंलाई पेटमा गोली हान्दा उनी गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए ।

रायले सहकर्मी महिला प्रहरी लाई प्रेम प्रस्वाव राखेको र सहकर्मीले प्रस्ताव अस्वीकार गरेपछि रायले आफ्नै पेटमा गोली हानेका हुन् ।

घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी उपरीक्षक सिग्देलले बताए ।



Loading...
loading...

Top