logo
  • Monday, December 9, 2019
  • वि.सं २३ मंसिर २०७६, सोमबार

अन्तत मिल्यो पोखरा विश्वविद्यालयको डि प्लस समस्या

सन्दिप पौडेल वि.सं ६ मंसिर २०७६, शुक्रबार १४:१९
Blog single photo

लेखनाथ: लामो समय देखी विवादमा रहेको पोखरा विश्वविद्यालयको डि प्लस काण्ड अन्तत मिलेको छ । सर्वोच्च अदालत द्धारा डि प्लस ल्याएर भर्ना भएका विद्यार्थीको परिक्षाफल प्रकाशित गर्नु र नियमित पठनपाठन गराउनु भनी आदेश दिए सँगै विश्वविद्यालयलाई परिक्षाफल प्रकाशन गर्न सहज भएको छ ।

डि प्लस ल्याएर विश्वविद्यालय वाट सम्वन्धन प्राप्त विभिन्न कलेजहरुमा भर्ना भएका २८१ जना विद्यार्थीलाई परिक्षा लिने भनेर सार्वोचच अदालतले निर्णय गरेको थियो । अदालतको निर्णय अपुर्ण र स्पष्ठ नभएको भन्दै विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजमा भर्ना भएका विद्यार्थीको परिक्षाफल प्रकाशन समेत रोकेको थियो ।

अदालतको निर्णय आए सँगै अवको २ दिन भित्रमा नै २८१ जना विद्यार्थीको परिक्षाफल प्रकाशन गरिने रजिष्ट्रार एवम् परिक्षा समितीका अध्यक्ष हरि वहादुर खड्काले जानकारी दिए ।




Top