logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

पोखरामा ढिस्कोमा पुरिएर पांचको मृत्यु

स्टिम न्युज वि.सं १५ मंसिर २०७६, आईतवार ११:२८
Blog single photo

कास्की : कास्कीको पोखरा उपमहानगरपालिका–२० मौजा बिसौनास्थित बाटो स्तरोन्नतीको क्रममा माटोको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गणेश ओली, खिमलाल बस्नेत, जीतबहादुर बस्नेत, जगेन्द्र बुढाथोकी र तोवन बस्नेत रहेका छन् ।

भलामबाट मौजा पुग्ने सडकखण्डको स्तरोन्नतीका लागि पर्खाल लगाउने क्रममा कामदारलाई माथिबाट खसेको ढिस्कोले पुरेको प्रहरीले जानकारी दिएको छ । दुईजनाले भनेर भागेर ज्यान जोगाएका छन् ।

पुरिएर मृत्यु हुनेहरु सल्यानवाट वाटो निर्माणको कामका लागि पोखरा आएका मजदुरहरु हुन् । नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएका हुन ।




Top