logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको अक्सफोर्ड युनियनमा प्रधानमन्त्री ओलीको संवोधन

वि.सं २८ जेष्ठ २०७६, मंगलवार १०:३२
Blog single photo

अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको अक्सफोर्ड युनियनमा प्रधानमन्त्री ओलीको संवोधन

२८ जेष्ठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको अक्सफोर्ड युनियनमा संवोधन गर्नुभएको छ ।

युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताउनुभयो ।

शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको प्रधानमन्त्रीले बताउनुभयो ।

नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेको प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री ओली जेनेभाबाट लण्डन पुगेलगत्तै हेलिकोप्टरमार्फत अक्सफोर्ड पुग्नुभएको थियो ।

अक्सफोर्ड विश्वविद्यालय युनियन विश्वका नेता, प्राज्ञ तथा विचारकले मन्तव्य राख्ने थलोको रूपमा रहिआएको छ ।

हिजो अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी सम्मेलनका क्रममा जेनेभामा प्रधानमन्त्री केपी शर्मा ओली र नर्वेका प्रधानमन्त्री एर्ना सोल्बर्गबीच भेटवार्ता भएको छ ।

दुई प्रधानमन्त्रीबीच नेपाल र नर्वेबीच आपसी मित्रता र सम्बन्ध अझै बढाउने विषयमा सहमति भएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिए ।


Top