logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

सुविधामा विभेद भएको भन्दै नेपाल एयरलाइन्सका २५ पाइलटको दिए राजीनामा !

स्टिम न्युज वि.सं १० माघ २०७६, शुक्रबार १२:१३
सुविधामा विभेद भएको भन्दै नेपाल एयरलाइन्सका २५ पाइलटको दिए राजीनामा !

काठमाडौं। विदेशी सरहको सेवा सुविधा नपाएको भन्दै लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका नेपाल एयरलाइन्सका अधिकांश नेपाली पाइलट तथा को-पाइलटले बिहीबार साँझ व्यवस्थापन समक्ष राजीनामा बुझाएका छन् ।

तीन महिनाको समयसीमा दिंदै नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामूहिक राजीनामा दिएका हुन् । बिहीबार २५ जनाले व्यवस्थापन समक्ष राजीनामा बुझाएको नेपाल एयरलाइन्सका निमित्त कार्यकारी निर्देशक गणेशबहादुर चन्दले बताए ।

राजीनामा दिने पाइलट तथा को-पाइलटहरुले काम बढी नेपालीलाई र सुविधा बढी विदेशीलाई दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । विदेशी पाइलटले पाउने तलबको कर समेत नेपाल एयरलाइन्सले तिरिदिने गरी सुविधा दिएको छ । विदेशी पाइलटले सातामा ४६ घण्टा र नेपाली पाइलटले सातामा ९८ घण्टा काम गर्दा पनि समान ज्याला त्यसमा पनि विदेशी पाइलटको सरकारले आफैंले कर तिरिदिने गरेको पाइलटहरूको गुनासो रहेको छ ।

पाइलटहरुले व्यवस्थापनलाई तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने विकल्प दिएका छन् ।

एयरबस ३३० वाइडबडी जहाज उडाउने १५ मध्ये १३ जना र एयरबस ३२० जहाज उडाउने २५ मध्ये १२ जनाले राजीनामामा दिएका छन् । निगम व्यावस्थापले भने पाइलटहरूको ध’म्की मात्रै भएको बताएको छ ।’ सुविधा माग त हुने नै भयो तर राजीनामा भनिए पनि यो सु-सूचित गर्न खोजेको हो, निगमलाई ध’म्का’यएको हुनसक्छ‚’ निगमका एक अधिकारीले भने ।



Loading...
loading...

Top