logo
  • Wednesday, July 8, 2020
  • वि.सं २४ असार २०७७, बुधबार

फिलिपिन्समा लकडाउन तोड्नेमाथि गोली प्रहार गरि हत्या

स्टिम न्युज वि.सं २४ चैत्र २०७६, सोमबार १८:५७
फिलिपिन्समा लकडाउन तोड्नेमाथि गोली प्रहार गरि हत्या

एजेन्सी। फिलिपिन्समा कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि सरकारले गरेको लकडाउन तोड्नेमाथि गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।

दक्षिण अगुसान प्रान्तको नासिपित शहरमा बिहीबार एक ६३ बर्षीय पुरुषमाथि प्रहरीले गोली चलाएको हो ।

लकडाउन नतोड्न आग्रह गर्दा गर्दै प्रहरीमाथी नै धा’रिलो ह’तियार देखाएर आ’क्रमणको प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको बताइएको छ ।

यसअघि बुधबार त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्टले लकडाउनको अवज्ञा गर्नेमाथि गो’ली चलाउने चे’तावनी दिएका थिए ।



Loading...
loading...

Top