logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

पेट्रोलियम पदार्थको भाउ घट्यो, के को मूल्य कति ?

वि.सं ४ जेष्ठ २०७६, शनिबार ०९:२८
Blog single photo

पेट्रोलियम पदार्थको भाउ घट्यो, के को मूल्य कति ?

काठमाडौं: नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

मूल्य घटेसँगै पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मुल्य घटाइएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले बताए

हाल  कच्चा तेलको मूल्य अस्थिर भएको कारणले गर्दा आगामी दिनमा प्राप्त हुने नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने निगमले जनाएको छ । मूल्य समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगञ्ज सीमामा पेट्रोल प्रति लिटर १५ रुपैयाँ ६७ पैसा र डिजेल प्रति लिटर १६ रुपैयाँ ६४ पैसा सस्तो भएको छ ।




Top