logo
  • Saturday, July 11, 2020
  • वि.सं २७ असार २०७७, शनिबार

प्रत्येक नेपालीलाई ३० हजारको ऋणभार, ५ वर्षमा बढ्यो ६२% राष्ट्रिय ऋण

वि.सं १४ श्रावण २०७५, सोमबार ०८:०७
प्रत्येक नेपालीलाई ३० हजारको ऋणभार, ५ वर्षमा बढ्यो ६२% राष्ट्रिय ऋण

प्रत्येक नेपालीलाई ३० हजारको ऋणभार, ५ वर्षमा बढ्यो ६२% राष्ट्रिय ऋण

नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१।६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ। ५ वर्षअघि आर्थिक वर्ष २०७०÷७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थियो। एक वर्षमा एक खर्ब ९७ अर्ब १० करोडले पुँजी बढेको छ। गत आर्थिक वर्षसम्म यस्तो ६ खर्ब ९७ अर्ब ६८ करोड थियो। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

गएको आवमा सरकारले लिएको ऋणलाई प्रति नेपाली भाग लाउने हो भने एक जनाको टाउकोमा हाल ३० हजार पाँच सय ४७ रूपैयाँ ऋण पुगेको छ अघिल्लो आवसम्म प्रति नेपालीले २४ हजार एक सय ४३ रूपैयाँ ऋणको दायित्व बोक्नु परेको थियो। एक वर्षको अन्तरालमा प्रतिव्यक्ति ६ हजार चार सय चार रूपैयाँले ऋणभार थपिएको छ।



Loading...
loading...

Top