logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

पत्रकार खेम भण्डारीविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता

स्टिम न्युज वि.सं १२ मंसिर २०७६, बिहीबार १०:५९
Blog single photo

मंसिर। कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा गाली बेइज्जती मुद्दा दर्ता गरिएको छ । भण्डारी सम्पादक रहेको ‘मानखण्ड दैनिक पत्रिका’मा तथा सामाजिक सञ्जाल फेसबुकमा बदनाम गराउने नियतले समाचार सम्प्रेषण गरेको भन्दै भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टले मुद्दा दर्ता गरेका हुन् ।

अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भण्डारीविरुद्ध गाली बेइज्जतीअन्तर्गत मुद्दा दर्ता भएको बताए ।

गतसाता अघिमात्रै विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै जिल्ला अदालत बार एसोसिएसनले दायर गरेको मुद्दामा पत्रकार भण्डारीले एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय भुक्तान गरेका थिए ।




Top