logo
  • Wednesday, July 28, 2021
  • वि.सं १३ श्रावण २०७८, बुधबार

अफगानिस्तानमा तीन पत्रकारको गोली हानी हत्या

स्टिम न्युज वि.सं १९ फाल्गुन २०७७, बुधबार १५:०२
अफगानिस्तानमा तीन पत्रकारको गोली हानी हत्या

Spread the love

काठमाण्डौं । अफगानिस्तानको जलालावादमा तीन जनासञ्चारकर्मी महिलाको गोली हानी हत्या गरिएको छ ।तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ ।

स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका रहेको बताइएको छ । घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले केही व्यक्ति पक्राउ गरेपनि कसैले पनि घटनाको जिम्मा नलिएपनि तालिवानीले आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो एक वर्षयता तालिवानी लडाकूहरुले विभिन्न क्षेत्रका व्यक्तिमाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत महिना मात्र सर्वोच्च अदालतका दुई जना न्यायाधीशमाथि राजधानी काबुलमा गोली हानिएको थियो ।एजेन्सीको सहयोगमा



Loading...
loading...

Top
Social Media Auto Publish Powered By : XYZScripts.com