logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

पाटे बाघको छाला २४ लाख मूल्यमा बार्गेनिंग गर्दैगर्दा २ पक्राउ, ३ जना फरार

वि.सं ८ जेष्ठ २०७६, बुधबार १८:४३
Blog single photo

पाटे बाघको छाला २४ लाख मूल्यमा बार्गेनिंग गर्दैगर्दा २ पक्राउ, ३ जना फरार

काठमाडौं: प्रहरीले फुटुङ डाँडागाउँ बाट पाटे बाघको छाला सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा घर भएका वर्ष २८ को होम बहादुर तामाङ र रसुवाकै वर्ष २८ को आइते तामाङ रहेका छन् ।

पाटे बाघको छाला बिक्रिको लागि २४ लाख मूल्यमा बार्गेनिंग हुदै गर्दा, महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा बाघको छाला कारोबार हुदै गरेको खबर पाएपछि प्रहरीले त्यहाँ पुगेको थियो ।

कारोबार गर्न लागिएको स्थलमा  ५ जना भएको भएपनि प्रहरीले २ जनालाई मात्र पक्राउ गर्न सकेको र अन्य ३ जना भने  भागेको बताइएको छ ।

पक्राउ परेका उनीहरुलाई बालाजु वृत्त ल्याई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।




Top