कति धनि आराध्यदेव पशुपतिनाथ? पशुपतिनाथ मन्दिरमा ९ किलो ५ सय ८६ ग्राम सुन !

पशुपति, पशुपतिनाथको,पशुपतिनाथमाथी अन्याय ,प्रधानमन्त्री संरक्षक, आराध्यदेव पशुपतिनाथ
Advertisement

कति धनि आराध्यदेव पशुपतिनाथ? पशुपतिनाथ मन्दिरमा ९ किलो ५ सय ८६ ग्राम सुन !

नेपाल गरीब कि नेपाली भन्दा एउटा भनाइ बेला बेलामा सुनिन्छ नेपाली गरिब छैनन नेपाल सरकार गरीब छ । उनै गरिब नेपालीका आराध्यदेव पशुपतिनाथ पनि अरबपति छन । पशुपतिनाथ मन्दिरमा ९ किलो ५ सय ८६ ग्राम सुन भएको प्रतिवेदन हालै सार्वजनिक भएको छ ।

पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा ९ किलो ५ सय ८६ ग्राम सुन जम्मा भएको विवरण अध्ययन समितिले दिएको छ । पशुपतिनाथको जग्गा सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दिएको प्रतिवेदनअनुसार ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी त्यहाँ संकलित छ ।

समितिका अनुसार यो २०१९ देखि २०७५ सम्मको विवरण हो । २०१९ भन्दा अगाडिको मुचुल्का प्राप्त नभएको समितिले जनाएको छ । नगद मौज्दाततर्फ एक अर्ब २९ करोड ३८ लाख, ३१ हजार २ सय १५ रुपैयाँ ५२ पैसा विभिन्न बैंकमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सो रकममध्ये एक अर्बको अक्षय कोष निर्माण गरिएको छ ।

समितिले हालै प्रतिवेदन तयार गरेर बुधबार पत्रकार सम्मेलनमार्फत उक्त कुरा सार्वजनिक गरेको हो ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०७४ कात्तिक ६ गते पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समिति गठन गरेको थियो । उक्त समितिले समयमा प्रतिवेदन बुझाउन नसकेपछि २०७५ साउन २९ गते ६ महिना म्याद थप गरिएको थियो ।

पशुपतिनाथ मन्दिरमा बहुमुल्य सामान रत्न, हिरा जुहारात लगायत भएको अड्कल गरिएको थियो । दास प्रथा उन्मुलन पछी पशुपतिनाथको ढुकुटी प्रयोग गरीएको थिएन ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here